नेभिगेशन
कला/शैली

टिएम केसी (शोभा) को “एक नजरको माया” सार्वजनिक

सिड्नी । अस्ट्रेलियालाई कर्मथलो बनाएकी टिएम(शोभा) केसीको म्युजिक भिडियो “एक नजरको माया” सार्वजनिक भएको छ । लास्ट बेन्च विचको प्रस्तुती रहेको उक्त म्यूजिक भिडियोको निर्देशन रिक सुवेदी र पुकार सिंहले गरेका छन् । ब्रिसवेनका विभिन्न ठाउँमा छायाङकन गरिएको यस एल्वममा गायिका केसीले आफ्नो मिठो स्वर पस्किएकी छिन् । उक्त गीत युवायुवतीहरुलाई लक्षित गरेर बजारमा ल्याएको केसीले नेपाल न्यूज अस्ट्रेलियालाई बताइन् । यस अघि उनले “साइमन” बजारमा ल्याइसकेर आफ्ना दर्शक÷ श्रोताहरुको माया बटुलिसकेकी छिन् । आफ्ना श्रोता÷दर्शकहरुले यस गीतलाई पनि मन पराइदिने विश्वास केसीले लिएकी छिन् । कक्षा ६ मा पढ्दा नै अन्नत यात्रा एल्वममा “हामी साना भए पनि देशको माया लाग्छ”..... वोलको वाल गीत गाएर सबैको मन जित्न सफल केसीले रेडियो नेपाल, राष्ट्रिय नाचघरमा समेत आफ्नो प्रस्तुती दिएकी थिइन् । एक नजरको मायाको भिडियो हेर्नुहोस्
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्