नेभिगेशन
खेलकुद

स्वर्ण पदक विजेता खड्कालाई सिड्नीमा सम्मान

सिड्नी । अष्ट्रेलियाको गोल्डकोस्टमा भएको गोल्डकोस्ट खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक विजेता नेपाली खेलाडी अशोक खड्कालाई सिड्नीमा एनआरएनले भब्य स्वागत तथा सम्मान गरेको छ। यही मे ६ र ७ मा भएको प्रतियोगितामा ११ देशका १२ जना खेलाडीलाई पछि पार्दै खड्काले स्वर्णपदक हात पारेका हुन्। खड्काले फाइनलमा अष्ट्रेलियाका खेलाडीलाई पराजित गरेर स्वर्णपदक जितेका हुन्। खड्का सेमिफाइनलमा न्यूजिल्याण्डका खेलाडीलाई पराजित गरेका थिए। पहिलो पटक अष्ट्रेलियामा आएको नेपाली तेक्वान्दो खेलाडी खड्कालाई एनआरएन आईसीसीका युवा संयोजक विजय पोखरेल, ओसियन संयोजक महेन्द्र लम्साल, अनआरएन अष्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेल र आईसीसी स्पोर्टस संयोजक राजु मानन्धरले बधाईसहित सम्मान गरेका थिए। कार्यक्रममा तेक्वान्दो खेलाडी अशोक खड्कालाई एनआरएनका पदाधीकारीहरुले नगदसहित सम्मानपत्र प्रदान गरेका थिए। अशोकले अस्ट्रेलियामा आएर तेक्वान्दोमा स्वर्ण पदक जिती नेपालीको पहिचान उजिल्याउन सफल भएको भन्दै सहयोगको घोषणा गरेका हुन्। आईसीसीका युवा संयोजक विजय पोखरेल, ओसेनीया संयोजक महेन्द्र लम्साल, एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेल, महासचिव टोनु गोथाने, क्वीन्सल्यान्डका पर्यटनदूत स्वतन्त्रप्रताप साह, एनआरएन सदस्य उषा बारिया पोखरेल, नयाँका अध्यक्ष कोमल पाठक र राकेश जोशी र चितवन समाज अस्ट्रेलियाले सहयोग गरेका हुन्। पहिलो पटक अष्ट्रेलियामा आएको नेपाली तेक्वान्दो खेलाडी खड्काले भने-‘नेपालको प्रतिनिधित्व गरेर यहाँ आउने कुनै पनि खेलाडीले स्वर्णपदक जितेको छैनन्। तर, त्यो अवसर मलाई मिलेको छ, यो अवसरमा म मे मेरो देशको खेलकुदप्रति समर्पीत गर्न चाहन्छु।’ खड्काको तेक्वान्दो एकेड्मीका लागि सीडनीको कलाकार समूह नेपिन्डोको तर्फबाट उषा बारिया पोखरेलले सहयोग गर्ने बचनबद्धता प्रकट गरेका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।