नेभिगेशन
खेलकुद

अस्ट्रेलियामा खेलाडीकाे पहलमा आइसीएन गठन

सिड्नी । अस्ट्रेलीयामा रहेका नेपाली बडि बील्डरहरुले अन्तराष्ट्रिय सम्वन्धन सहित सिड्नीमा आइसीएन गठन गरेर अगाडि बढने निधो गरेका छन । सिडनीमा आइतबार पत्रकारसम्मेलनका आयोजना गर्दै नेचरल बडि बिल्डीङमा अस्ट्रेलिया बसेर तहल्का पीटेका सन्तोष श्रेष्ठले आइसीएनको गठनले अब देशको झन्डा बोकेर अगाडि बढन सहज बनेको बताए । आइ कम्पीट नेचुरल नेपाल टीम अर्थात आइसीएनलाई नेचुरल बडि बल्डिीङ अस्ट्रेलिया लगायतका संघ संगठनले आवद्धता प्रदान गरिसकेका छन । अस्ट्रेलियाको प्रतिनिधित्व गरेर बिभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका सन्तोषले संस्थागत प्रयासले नेपाल र नेपाली मुलका खेलाडीलाई अज्तराष्ट्रिय प्रतियोगितामा सहभागिता गर्न सहज हुने बताए । सन्तोषले अस्ट्रेलियामा आएर हामीले यहाका सबै राम्रा संस्कार सिक्पनि फीटनेशको संस्कार भन्ने सिक्न नसकेको बताए । पश्चीमा समाजको एउटा अभिन्न अंगको रुपमा रहेको फीटनेश कल्चरलाई नेपाली समाजमा आकर्षित गराउने हाम्रो प्रयास हुने छ, सन्तोषले सुनाए । प्रवासमा बसेर पनि आफ्नो प्रयासले देशको झन्डा बोक्ने खेलाडी र आइसीएनले नेपाली समाजवाट पनि सहयोगको अपेक्षा गरेको सन्तोषले बताए । हामी एक्लै हिडेर संभव छैन सबैको सहयोग र सदभाव भयो भने ,देशको लागि अझै थुप्रै स्वणहरु जित्न सक्ने हाम्रो प्रयास हुनेछ । आइसीएनले यसै बर्षपनि सिड्नीमा रहेका पाँंच खेलाडीको टिमलाई थाइल्यान्डमा हुने बिश्व एमेच्यौर टाइटल , मेलवर्न तथा इन्डोनेशियामा हुने आधिकारीक अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता पक्का गरिसकेको छ । त्यसका लागि सन्तोष श्रेष्ठ, प्रकृती श्रेष्ठ , सन्तोष चौधरी, राजु महर्जन, दिपु मुनिकार र बिनोद महर्जनको सहभागिता रहने पक्का पक्की भैसकेको छ । आइसीएन अन्तगर्त अस्ट्रेलिया बसेर सन्तोष श्रेष्ठ,प्रकृती श्रेष्ठ ,सन्जिव चौधरीले करिब एक दर्जन अन्तराष्ट्रिय प्रतिस्पर्धामा पदक जितिसकेका छन । आइसीएनले त्यती मात्र नभइ नेपाली महलिा दिदी बहिनीहरुलाई फीटतनेशमा आकर्षित गर्न समेत योजना बुनेको कुरा बडिबिल्डर प्रकृती श्रेष्ठले बताइन । प्रा उपनामले चिनिएकी प्रकृतीले नेपाली दिदी बहिनीहरुले पनि अब फीटनेशमा ध्यान दिनुपर्ने बेला आएको बताइन । कार्यक्रममा नेपाली समाजका अगुवा भोला राइ ,एनआरएनका खेलकुद संयोजक नन्द गुरुङ , नप्लीज अस्ट्रेलियन युथ एशोसिएसनका अध्यक्ष कोमल पाठकले आइसीएनको स्थापनाले खेलाडीहरुलाई नया आयाम थपीएको बताए । खेलाडीहरु सन्जीव चौधरी , राजु महर्जनले आइसीएनको गठनको आवश्यकता बारे प्रकाश पारेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।