नेभिगेशन
नेपाल समाचार

अन्तराष्ट्रिय झापाली समाजको अध्यक्षमा ओली महासचिबमा मैनाली १८ देशमा कार्यसमिती

सिड्नी । अजंगका शहरहरु अनि गगनचुम्बी भवनहरुमा बसेपनि जन्मेको ठाउ र हुर्केको गाउँंको माया कस्लाइ हुदैन र । मानिसहरु कर्मका लागि सात समुन्द्र पारी पुगेपनि आफ्नो धर्म छोड्न सक्तैनन । जहा जन्मेर कहि पुगेपनि पहिले संझने भनेकै घर, परिबार अनि जन्मथलो र देशनै पहिचानको आधार बन्दो रहेछ । अन्तराष्ट्रय झापाली समाज गठनको औपचारिक कार्यक्रममा बक्ताहरुले आफ्नो पहिचान झापाली हुनुमा गौरवको बिषय रहेको बताउदै जिल्लाको बिकास र बिस्तारनै यसको मुल उद्देस्य रहेको बताए । अन्तराष्ट्रिय झपाली समाजको औपचारिक घोषणा कार्यक्रममा यसका अध्यक्ष भवाली ओलीले फरक कोण र अलग सोचनै आजको आवश्यकता भएकोले अन्तराष्ट्रिय झपाली समाजको जन्म भएको बताए । उनले समय परिस्थीती अनुकुलको संगठन अहिलेको आवश्यकता भएकोले देश बिकासको सन्दर्भमा जिल्लाको सर्बोपरि हितलाई ध्यानमा राखेर अन्तराष्ट्रय झपाली समाज गठन गरिएको बताए । यस समाजको महासचिबमा अस्ट्रेलियाका रुपराज मैनाली , सचिबमा अमेरिकाका प्रशन्न संग्रौला,कोषाध्याक्षमा लक्जम्बर्गका बालहरी राइ प्रवक्तामा हङकङका छत्र सुब्बा तथा मिडिया संयोजकमा एजरायलवाट गणेश गौतम रहेका छन । यस्तै क्षैत्रिय संयोजकमा उत्तर अमेरिकावाट प्रमोद सिटौला, युरोप संयोजकमा बेलायतवाट धनकिरण गुरुङ,मध्यपुर्ववाट ध्रुब संग्रौला(कुमार झापाली) एशिया पसेफीकवाट कोरियाका केपी सीटौला र ओसेनियावाट अस्ट्रेलियाका खगेन्द्र सिटौला ‘संयोजकको भुमिकामा रहेका छन । अन्तराष्ट्रीय झापाली समाजले सिडनीमा आयोजना गरेको घोषणा कार्यक्रममा १८ देशमा झापाली समाजको कार्यसमिती समेत बिस्तार गरेको छ । जसमा अस्ट्रेलियावाट दिनेश पोखरेल र दिपक खनाल सदस्यका रुपमा रहेका छन । संसारका कुनैपनि कुनामा छरिएर रहेका झापालीहरुलाई एक सुत्रमा बाध्ने र झापाली समुदायको शक्तीलाई झापाको आर्थिक र समाजिक बिकासमा समाहित गर्ने यसको एक मात्र उद्देस्य रहेको समाजका सदस्य दिनेश पोखरेलले बताए । कार्यक्रममा एनआरएन आइसीसी सदस्य धर्म राज अधिकारी ,एनआरएन अस्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसी, रुपन्देही समाजका राज खनाल,तनहु समाजका पीआर अधिकारी,सुदुर पश्चिम समाजका केशव जोशी, म्याग्दी समाजका हरी राम्जाली , लिबलर फ्रेन्ड्स अफ नेपालका संयोजक श्री नापीत, ओएनअफका रमेश पाण्डे, समाजिक अगुवा आङ छिरिङ शेर्पा , पर्यटन प्रतिनिधी स्वतन्त्र प्रताप शाह लगायतले अन्त्राष्ट्रिय झपाली समाजको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्