नेभिगेशन
कला/शैली

शिब श्रेष्ठको सन्देशमुलक म्युजिक भिडियो गल्ती मेरो सार्वजनिक

सिड्नी । नेपाली सांगितिक क्षेत्रमा संघर्षशील शिव श्रेष्ठले सामाजिक सन्देश बोकेको म्यजिक भिडियो गल्ती मेरो हालै युट्यूब मार्फत सार्वजनिक गरिएको छ । श्रेष्ठ लामो समयको मेहेनत पछि आफ्नो डेब्यु गित गल्ती मेरोको म्युजिक भिडियो सार्बजनिक गरेर नेपाली सांगितिक क्षेत्रमा उदाएका छन् । मायामा धोका हुँदा युवाहरुले कुलतमा फस्ने, आत्माहत्या गर्ने जस्ता नराम्रा घटनाहरुलाई मध्यनजर गर्दै उनले एउटा हृदयस्पर्शी भिडियो लिएर जिन्दगीलाई सुकर्म तिर बढाउ र संसारलाई देखाउ कि जिन्दगी रहे माया गर्ने पनि भेटिन्छ भन्ने भावनाले गीत सन्देशमुलक रहेको छ । उक्त म्युजिक भिडियोको निर्देशन अस्ट्रेलियामा सुरेन्स फोटोग्राफीबाट नाम कमाएका सुरेन श्रेष्ठले गरेका छन् भने छायाँकन टेक बयल्कोटी र सम्पादन सुदिप श्रेष्ठले रहेको छ । गीतको शब्द बिक्रमराज श्रेष्ठको रहेको छ । नेपाल तथा अस्ट्रेलियाका विभिन्न ठाउँमा खिचिएको भिडियो निकै राम्रो बनेको सुरेनले नेपाल न्युज अस्ट्रेलियालाई बताए । उक्त म्युजिक भिडियो सुरेन्स फोटोग्राफी एन्ड टिमले निर्माण गरेको हो । सुरेन्स फोटोग्राफीको यो आठौं महिनामा गरेको आठौं म्युजिक भिडियो हो । भिडियो हेर्नुहोस् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्