नेभिगेशन
नेपाल समाचार

अन्तराष्ट्रिय नेपाली समाज अष्ट्रेलियाको अध्यक्षमा सुवान चौलागाईं चयन

सिड्नी । नेपालमा नयाँ शक्ति पार्टीसँग आस्था राख्नेहरुको प्रवासी संगठन अन्तर्रािष्ट्रय नेपाली समाज अष्ट्रेलिया च्याप्टरको प्रथम अधिवेशन अप्रिल २९ तारिख शनिवार सिड्नीमा सम्पन्न भएको छ । अधिवेशनले सुवान चौलागाईंको अध्यक्षता नयाँ कार्य समिति समेत चयन गरेको छ । अधिवेशनले आगामी दुईवर्षका लागि उपाध्यक्षमा कमला पोखरेल, अमित कुमार शर्मा, विज्ञान पाललाई चयन गरेको छ । महासचिवमा तीर्थराज कार्की, सचिवमा बाबु गोर्खाली, कोषाध्यक्षमा विकास श्रेष्ठ, पब्लिक अफिसरमा कृष्ण कार्की, प्रवक्तामा रुविना केसी, महिला संयोजकमा रेखा न्यौपाने, युवा संयोजकमा क्षितिज बुढाथोकी चयन गरेको छ । shamim कार्यसमितिका सदस्यहरुमा एकिन्द्रप्रसाद भण्डारी, सीताराम पन्त, प्रकाश सुवेदी, कृष्णराज गौतम रहेका छन् । अधिवेशनले ओसेनिया क्षेत्रीय संयोजकमा शिव श्रेष्ठलाई चयन गरेको छ । श्रेष्ठ यसअघि ओसेनिया क्षेत्रीय युवा संयोजक थिए । कार्यक्रममा अध्यक्ष विनोद पौडेल र ओसेनिया क्षेत्रीय संयोजक शमिम अनवरले नयाँ टिमलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । अधिवेशनले पौडेल र अनवरलाई संस्थाको संरक्षक बनाउने निर्णय समेत गरेको छ । बन्दसत्रबाट नयाँ नेतृत्वको चयन गर्नु अघि सम्पन्न भएको औपचारिक उद्घाटन कार्यक्रमको प्रमुख अतिथि न्यूसाउथवेल्सका लागि अवैतिनक महावाणिज्यदूत दिपक खड्का थिए । त्यस्तैं कार्यक्रममा प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे लगायत अन्य सिड्नीवासी अतिथि तथा प्रतिनिधिहरुको सहभागी थिए । नवनिर्वाचित अध्यक्ष चौलागाईंले आफूलाई अध्यक्षमा चयन गर्ने सबैलाई धन्यवाद दिदैं हातेमालो गर्दै सकारात्मक नेतृत्वको विकास गरि प्रवासबाट समेत नेपाल र नेपालीको विकासका लागि सक्दो प्रयासको थालनी गर्ने नेपाल न्युज अस्ट्रेलियालाई बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्