नेभिगेशन
कला/शैली

संचारकर्मी सिद्धार्थ लामिछानेको एकल गीति संग्रह “कला” सार्वजनिक हुँदैं

सिड्नी । बिगत दुई दशकदेखि संचारको विभिन्न क्षेत्रमा कार्यरत संचारकर्मी सिद्धार्थ लामिछानेको एकल गीति संग्रह “कला” बैशाख २५ गते सार्वजनिक गर्ने भएका छन् । एक बर्षअघि सिद्धार्थ लामिछानेलाई मातृ शोक परेका वेला पशुपतिमा १३ दिनको बसाईमा उनले केहि कविताहरु लेखेका थिए । आफ्नी आमाको सम्झनामा तिनै कविताहरुलाई संगीतकार शिखर सन्तोष, डिजे सन्तोष (सन्तोष सुबेदी), नारेश्देव पन्त लगायत केही साथीहरुको सहयोगमा गीति संग्रह “कला” ले मुर्त रुप पाएको हो । जसमा कलाकारहरु दिपक खरेल, इश्वर अमात्य, सत्यराज आचार्य, स्वरूपराज आचार्य, मनोज सेवा ,मेनुका पौडेल र धेर्मेंद्र सेवानले आफ्ना आवाज दिएका छन् भने संगीतमा शिखर सन्तोष, रोशन थापा, हरि लम्साल र मेनुका पौडेलको रहेको छ । सो गीति संग्रहमा एउटा गीत भने बिजय सिवाकोटिले लेखेका छन् । बैशाख २५ गते सोमबारका दिन सिद्धार्थको आमा स्वः कमला लामिछानेको पहिलो बार्षिक पुण्य तिथिको अवसर पारेर गीति संग्रह राष्ट्रिय नाचघरमा साँझ ५:३० बजे विमोचित गरिन लागेको लामिछानेले बताए बिगत ८ बर्ष देखि अस्ट्रेलियालाई कर्मथलो बनाएर सिड्नीमा वसावास गर्दै आएका लामिछानेको नेपाली मिडिया प्रतिको मोह अझ बढ्दो छ । लामिछानेले सिड्नीमा नेपाली भाषाको पहिलो अनलाइन रेडियो झड्का अर्का संचारकर्मी दिपेश श्रेष्ठसँग मिलेर चलाएका थिए । उनले सिड्नीमा केही म्युजीक भिडियोहरु पनि निर्माण गर्दै आएका छन् । सुनिल बर्देवाको अन्तिम गीतको भिडियोका साथै उनकै भाई लबिंन बर्देवाको भिडियो पनि रिलिज हुने तरखरमा छ । उक्त भिडियो सार्वजनिकका लागि उपयुक्त समयको पर्खाइमा रहेको लामिछानेले नेपाल न्युज अस्ट्रेलियालाई बताए । ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्