नेभिगेशन
कला/शैली

रामकृष्णको गीतमा अब्बल अभिनयमा भीम न्यौपाने (भिडियो सहित)

सिड्नी । मेलबर्न निवासी व्यवसायी भीम न्यौपानेले रामकृष्ण ढकालको म्युजिक भिडियोमा आफ्नो अब्बल अभिनय पस्केका छन् । रामकृष्ण ढकालको मिठो स्वरले सजिएको “दुनियाँले घात गरे” भन्ने एल्बमको म्यूजिक भिडियो हालै सार्वजनिक भएको थियो । न्हयू बज्राचार्यको संगीतमा सजिएको उक्त गीतमा भीमलाई सिड्नी निवासी सुचित्रा आचार्यले साथ दिएकी छिन् । सुचित्रा र भीमको पोख्त अभिनयले गीतले व्यापक चर्चा बटुल्न सफल भएको छ । श्रोता दर्शशहरुको प्रतिक्रियाबाट आफु निकै आशावादी बनेको भीमले नेपाल न्युज अस्ट्रेलियालाई बताए । आफ्ने अभिनयलाई मनपराइदिनुभएकोमा सबैलाई धन्यवाद दिदै भीमले भने अवसर आयो भने अरु म्युजिक भिडियो मार्फत नेपाली संगीत क्षेत्रमा योगदान गर्ने सोच बनाएको छु । यस भिडियोको छायाँकन अष्ट्रेलियाको मेलबर्नमा गरिएको हो । जिन्दगीको उकालीओरालीमा एउटा मान्छेको माया र साथले कति धेरै फरक पर्दछ भन्ने चित्रण यस म्युजिक भिडियोमा देखाइएको छ । उक्त म्युजिक भिडियोको निर्देशक जीवन रसाइलीले गरेका हुन् । उनलाई सुनिल पराजुलीले पनि साथ दिएका छन् । बुद्ध ट्राभल एण्ड टुरका डाइरेक्टर समेत रहेका न्यौपानेले गत वर्ष “बाटो मुनीको फुल– २” चलचित्रमा अभिनय समेत गरेर चर्चा कमाएका थिए । नेपाली कला क्षेत्रको विकासमा आफ्नो निरन्तर साथ रहने कुरा न्यौपानेले बताए । भीम न्यौपानेले अभिनय गरेको भिडियो हेर्नुहोस्
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्