नेभिगेशन
कला/शैली

अभिनयले खारिएकी केकी अधिकारी

सिड्नी । शालिन व्यक्तित्व, सानो स्वर अनि तेजिला शब्द ,तौलेर बोल्ने अनि न कुनै तुजुक । चलचित्रमा आएको सात बर्ष भयो, १७ वटा चलचित्र गरिन उनले । कलाकारिता घरमै थियो ,घरलाइनै स्कुल बनाइन । यतिखेर छोटो समयमै नेपाली चलचित्रकी ब्यस्त नायिकाको रुपमा स्थापीत भैसकेकी छिन केकी अधिकारी । सन २०१०मा स्वर चलचित्रवाट कलकारीताको सुर समातेकी केकीको पहिचान पनि फरक बन्दै गयो नेपाली चलचित्र जगतमा । पढीन, गुनिन अनि सँंगसँंगै कलाकारीता लाई पनि अगाडि बढाइन केकीले । सरसरती हेर्दा नपत्याउने उनको रुप र रंगलाई कलाकारिताले यति उचाइ थपीदियोकी यतिखेर उनको नामले नै प्रंससकहरु झुमिदिन्छन अनि उनको चलचित्र चुमिदिन्छन । चलचीत्र लभ शासा देखाउन सिड्नी आइपुगेकी नायीका केकीले नेपाल न्युज अस्ट्रेलियासँंगको कुराकानीमा खुलेर भनिन हामी ब्यवशायिक बन्न सकेका छैनौ अनि चलचीत्र उद्योग बन्न सकेको छैन । तर पनि दर्श र श्रोताको माया र ममताले नेपाली सिनेक्षेत्र जोडतोडले अगाडि बढिरहेको छ । प्रवास नेपाली चलचित्रको महत्वपुर्ण बजार बन्दैजाँंदा नेपाली चलचित्र उद्योगमा केहि थप उर्जा मिलेको स्वीकारगर्दै भनिन, अहिले चलचित्र बनाउदै बिदेशवाट देखाउने योजना सहित बन्छन,यो नै महत्वपुर्ण उपलब्धी हो । आर्थिक र सामाजिक रुपमा यसले ठुलो प्रभाव पारेको बताउदै केकी भन्छिन, नेपाल पछि चलचित्रको ठुलो बजार भनेकै अस्ट्रेलिया हो । नेपाली चलचित्रको पछिल्लो परिवर्तनको खाकाका बारेमा कुराकानी गर्दै केकी भन्छिन,अब सुट बुटमा ठाटिने र पोजमा ढल्कीने कलाकारिताले बिदा लिएको छ । सेलीब्रेटीको पहिचान अब अनुहार र पहिरन हैन अभिनयमा जोखिन थालिएको छ । यो परिवर्तनले चलचित्र जगतलाई हल्लाइदिएको छ ,अब अनुहारले हैन, दर्शकलाई अभिनयले जित्न सक्नुपर्छ । पछिल्ला बर्षहरुमा नेपाली चलचित्रमा उदय भएका दयाहाङ राइ, सौगात मल्लहरु अभिनयका कारण यतिखेर सेलीब्रेटी बनेको उदाहरण दिदै केकीले भनीन, मैलेपनि अनुहारले हैन ,अभिनयले दर्शकको मन जितेको हो जस्तो लाग्छ । 17858828_1630899176928107_1652323569_o केकीले एक दिनको घटना सुनाउदै भनिन, चलचित्रको सुटिङ चल्दै थियो , म बिना मेकअप तयारीको सिलसिलामा थिए,कसेले पछाडी वाट कोट्यायो ,यसो हेरे एकजना भद्र हुनुहदो रहेछ, अनि सोध्नुभयो, बहिनी चलचित्रको हिरोइनी खोइ त भनेर । म एक छिन चुप भए अनि मनमनै सोचे केकी तैले अभिनयले जितेकी रहिछस,अनुहार त सामान्य हो । गामबेसीका बोलीचालीका भाका र जिवनशैलीलाई अभिनयमा ठ्याक्कै उतार्ने नया पुस्ता जो यतिखेर नेपाली चलचित्रमा छाएका छन उनीहरुको जिवनशैली सामान्य छन । अभिनयमा जिवन्ततामा बिश्वाश राख्छन अनि ब्यवहारमा सरलता, मैलेपनि त्यही वाटो रोजेको हो, केकीले आफ्नो भाका र जिवनको खाकाका बारेमा आफ्नो अनुभव सुनाइन । 17858488_1630899150261443_1894581547_o घरजमपछि नायीकाहश्र पलायनको प्रश्नमा निकै गम्भीर भएर केकीले भनिन,जिवनको महत्वपुर्ण क्षण र उमेर बिताएको क्षेत्रवाट पलायन हुने रहर कसैलाई हुदैन । तर तपाइको घर परिबार र प्राथमिकतासँंगै ढल्कने उमेरको भुमिकामा चलचित्र बने त खेल्ने हो नत्र समाचार बन्ने हो ,हराइन, पलायन भनेर । अब आफ्नो भुमिकाको अभिनय गर्न नपाएपछि सबै घरजम तिर लाग्छन, जोहो सबैलाई गर्नुपर्छ , केकीको भबिष्यतर्फको संकेत यस्तो थियो । यसै हप्ता नया बर्षको दिन पारेर रिलिज हुन लागेको घामपानी चलचित्रवाट आफु निकै आशाबादी रहेको बताउदै केकीले भनिन,अन्तरजातिय बिवाहको रमाइलो कथामा बगेको चलचित्रले हाम्रो परम्परागत सोचलाई केलाउने र दर्शकलाई मनोरन्जन दिलाउने पक्का छ । केकी राइट एन्ड एशोसियट्सको ब्रान्ड एम्बेसडर कलाकारहरु गहना हुन अनि कला क्षेत्र हाम्रो पहिचान । उनिहरुको सम्मान र कदर हाम्रो कर्तब्य हो । केकीलाई आफ्नो सदभावना दुत बनाएकोमा निकै खुसी हुदै मंगलबार आयोजित पत्रकार सम्मेलनमा राइट एन्ड एशोसियट्सका निर्देशक बालचन्द्र भट्टराइले बताए । केकी जत्तिको लोकप्रीय नायिकालाइ हामीले सदभावना राजदुत बनाउन पाउदा हामीलाई गर्व लागेको छ । सरल स्वभाव र बिवाद रहित नायिकाको रुपमा उनको पहिचान अभिनयका बेजोड छ , भट्टराइले सिड्नी स्थीत राइट एन्ड एशोसियट्सको कार्यालयमा आयोजित कार्यक्रममा बताए । केकीको चलचित्र लभ शासाको सीड्नीमा प्रर्दशनी शैक्षिक परामर्श केन्द्र राइटले गरेको थियो । उनको पहिलो शो हाउसफुल भएकोपछि दोस्रो शो थपीएको अर्का निर्दैशक पि आर अधिकारीले सुनाए । बजार प्रर्वधन मात्र होइन नेपाली भाषालाई प्रवासमा जोगाइ राख्ने काममा पनि नेपाली चलचित्रले महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । यसका कारण पनि राइट एन्ड एशोसियट्सले लभ शासा सिड्नी ल्याएको अधिकारीले प्रष्ट्याए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्