नेभिगेशन
अन्य

नेपाल न्यूज अस्ट्रेलियाको बार्षिकोत्सव सम्पन्न

दिपेश श्रेष्ठ सिड्नी । अस्ट्रेलियाको सिड्नीबाट बिगत चार बर्षदेखि प्रकासित हुदै आएको नेपाली मासिक म्यागेजिन नेपाल न्यूज अस्ट्रेलियाको पाँचौ बार्षिकोत्सब यहि अप्रिल ७ तारिक शुक्रबार सिड्नीमा सम्पन्न भएको छ । सिड्नीको मेरिल्यान्ड्स स्थित बार्दली फङसन सेन्टरमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अथिति अस्ट्रेलियाका लागि नेपालका कार्यवाहक राजदुत राजेन्द्र प्रसाद पाण्डेले समाजलाई सहि सूचना र जानकारी दिएर सुसुचित पर्ने कार्यमा संचार क्षेत्रमा कार्यरत संचारकर्मीहरुको महत्वपुर्ण भूमिका रहने बताए । उनले अस्ट्रेलियामा नेपाली मेडियाको संख्यामा भएको बृदि संगसंगै यसको गुणस्तरियता र बिश्वासनियतामा पनि ध्यान दिन सम्बद्द पक्षलाइ आग्रह गरे । Screen Shot 2017-04-09 at 2.51.32 pm एन आर एन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले एनआरएन अभियानमा नेपाल न्युज अस्ट्रेलियाले खेल्दै आएको भूमिका वास्तबमै गर्व गर्न लायक रहेको बताए । उनले नेपाल न्युज अस्ट्रेलियाले समाचार प्रकासन गर्दा देखाउदै आएको व्यवसायिक एबम तटस्थता नै यसको बिशेषता रहेको औल्याए । नेपाल न्युज अस्ट्रेलियाका प्रधान सम्पादक माधव गैह्रेको सभपतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल न्युज अस्ट्रेलियालाई सहयोग गर्नुहुने विज्ञापनदाता, लेखक एबं चलचित्र नायिका केकी अधिकारी, चलचित्र निर्देशक प्रचण्डमान श्रेष्ठलाई समेत सम्मान गरिएको थियो । Screen Shot 2017-04-09 at 2.52.20 pm सो अवसरमा कार्यबाहक राजदुत पाण्डेबाट बार्षिकोत्सवका टाइटल स्पोन्सर ओसिनिया एजुकेसन सोलुसनका डाइरेक्टर सन्दिप खनाल, ,म्यागेजिनका पूर्व प्रकाशकद्वय प्रदिप ढकाल र डिल्लीराम ढकाललाई पनि सम्मान गरिएको थियो । त्यस्तै नेपाल न्युज अस्ट्रेलियालाई लेखनको माध्यमबाट सहयोग गर्नुहुने क्यानवेराका समाजसेवी डा. कृष्ण हमाल, सिड्नीका श्री नापित, त्रिलोचन पोखरेल, सुरज अर्याललाई समेत सम्मान गरिएको थियो । Screen Shot 2017-04-09 at 2.53.15 pm कार्यक्रममा एनआरएन कि संरक्षक इन्द्रा वन ,आई सी सी युथ संयोजक बिजय पोखरेल, एनआरएन अस्ट्रेलियाका महासचिब टोनु घोताने, एनआरएन एन एस डब्लुका संयोजक दिनेश पोखरेल नेपाल प्रेस युनियनका उपाध्यक्ष बाला अधिकारी, नेपाल न्युज अस्ट्रेलियाका कनुनी सल्लाहकार डा. सम्सेर सिंह थापा, ओसिनिया एजुकेसन सोलुसनका डाइरेक्टर सन्दिप खनाल तथा म्यागेजिनका पूर्व प्रकाशकद्वय प्रदिप ढकाल र डिल्लीराम ढकाल लगाएतका बक्ताहरुले म्यागेजिनको बिबिध पक्षका बारेमा बोल्दै शुभकामना मन्तब्य राखेका थिए । Screen Shot 2017-04-09 at 2.53.50 pm कार्यक्रममा नेपाल न्युज अस्ट्रेलियाका सम्पादक कृष्ण तिवारीले स्वागत मन्तब्य राखेका थिए भने म्यानेजिंग डाइरेक्टर हेमन्त काफ्लेले कार्यक्रमको बारेमा प्रकाश परेका थिए । कार्यक्रमको संचालन नेपाल न्युज अस्ट्रेलियाका एसोसियट एडिटर योगेन्द्र विष्टले संचालन गरेका थिए । कार्यक्रममा नेपाली समुदायका विशिष्ट व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो । Screen Shot 2017-04-09 at 2.52.33 pm
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्