नेभिगेशन
खेलकुद

सिड्नी मेट्रो कलेज नवाज कप फुटबल–२०१७ अप्रिल २३ बाट शुरु

सिड्नी । अस्ट्रेलियामा रहेका फुटबल पारखी तथा फुटबल खेलाडीहरुलाई हौसला प्रदान गर्दैे नेप्लीज अष्टे«लियन वेलफेयर सोसाइटी (नवाज) ले प्रत्येक वर्ष संचालन गर्दै आएको फुटबल प्रतियोगिता अन्र्तगत सन् २०१७ को नवाज कप फुटबल प्रतियोगिता आउँदो अप्रिल २३ तारिक आइतवारबाट शुरु हुने भएको छ । खेल प्रतियोगिताका सम्बन्धमा सिड्नी मेट्रो कलेज परिसरमा शनिवार (८ तारिख) आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिदै टिमको समुह विभाजन समेत गरियो । सो वेलफेयरका अध्यक्ष बिनोद शर्माका अनुसार फूटबलमा सहभागी टिमको संख्या १७ रहेको छ । १७ टिमलाई चार वटा समुहमा विभाजन गरेर खेल खेलाइनेछ । जसमा ग्रुप ए मा ग्य्रानभिल राइनोज फुटबल क्लब, अबन फुटबल क्लब, सेन्ट जर्ज नेप्लीज क्लब, क्लब नेपाल र यस स्टडी फुटबल क्लब डाँफे, त्यस्तै ग्रुप बि मा माछापुच्छ्र्रे क्लब, सिड्नी नेप्लीज क्लब, सगरमाथा क्लब, बेनी फुटबल क्लब रहेका छन् । ग्रुप सी मा सेन्ट जर्ज फे्रन्डस् क्लब, तामाङ रिक्रियसनल क्लब, लालीगुँरास क्लब र हन्स्बी फुटबल क्लब रहेका छन् । त्यस्तै ग्रुप डि मा दि गोर्खा राइजिङ क्लब, वाइड भिजन यूथ क्लब, दि ब्रिगेड क्बल र फेवा क्लब रहेका छन् । 17634578_1252725471489757_4058617396953258584_n नवाजका अध्यक्ष शर्माका अनुसार विजेता टिमलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ । जसमा प्रथम हुने टीमले पुरस्कार वापत सिल्ड, र प्रमाणपत्र सहित १५०० डलर, दोस्रो स्थान ल्याउने टीमलाई ८०० र तेस्रो स्थान ल्याउने टीमलाई ५०० डलर पाउनेछन् । त्यस्तै म्यान अफ द रिरिज विजेतालाई ३०० डलर र म्यान अफ द फाइनल विजेतालाई १०० डलर पुरस्कार प्रदान गरिनेछ । त्यस्तै फाइनलको दिन नाइन ए साइड नवाज कप पनि हुनेछ । जसमा विजेताले ५०० डलर र उपविजेताले ३०० डलर सहित प्रमाणपत्र र शिल्ड पाउनेछन् । यसपालीको नवाज कपमा पुरस्कारको लागि जम्मा चार हजार डलर छुट्याइएको छ । सुरुका चरणमा प्रत्येक आइतवार ११ बजे, १ बजे र ३ बजे गरी तीन वटा खेल लिडकम स्थित वाइड पार्कमा संचालन हुनेछ । खेलमा उपस्थित भएर खेलाडीहरुको हौसला बढाइदिनुहुन पनि अध्यक्ष शर्माले नेपाली समुदायका खेलप्रेमीहरुलाई आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा सिनियर उपाध्यक्ष अरुण तमाङ, सचिव मंजित घिमिरे, म्याच कमिसनर राजु मानन्धर लगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनमा पत्रकार तथा खेलाडीहरुको विभिन्न जिज्ञासाको नवाजका पदाधिकारीहरुले जवाफ दिएका थिए । यस वर्ष पनि सिड्नी मेट्रो कलेज नवाज कपको टाइटल स्पोन्सर रहेको छ । १९९९ मा गैर–नाफामुलक संस्थाको रुपमा स्थापित नवाजले प्रत्येक वर्ष नेपाली दाजुभाइबीच भाइचारा तथा आपसी सम्बन्ध विस्तारका लागि फूटबलको आयोजना गर्दै आएको छ । यस वारेमा थप जानकारी चाहिएमा वेलफेयरका अध्यक्ष बिनोद शर्मालाई ०४०२०५८२४३ वा सिनियर उपाध्यक्ष अरुण तामाङ, ०४२४३२४३१६ सचिव मंजित घिमिरे ०४३१७५७०१६ मा सम्पर्क गर्न सकिनेछ । उक्त खेलहरुमा उपस्थित जनाई खेलाडीहलाई हौसला प्रदान गरिदिनुहुन पनि नवाजले नेपाली समुदायलाई आह्वान गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।