नेभिगेशन
कला/शैली

विष्णुको “नढाटेर भन“ बजारमा (भिडियो सहित)

सिड्नी । प्रवासमा रहेर पनि देशको कला संस्कृति प्रति लगाव राख्नु आफैमा महत्वपूर्ण कुरा हो िप्रबासी जीवनका वाबजुद पनि स्वदेसी गित संगीत र कलालाई माया गर्नु कसैको रोजाई पर्छ भने त्यसको सम्मानयोग्य रहन्छ । आजकल रयाप , पप र आधुनिक गित संगितमा झुकाव राख्ने नया पुस्ता लोक भाकामा रमाउनु आफैमा गर्वको बिषय पनि हो । लोक संस्कृतिलाई र लोकभाकालाई माया गर्ने युवा बिष्णु बन्जाडे यतिखेर बेलायतमा रहेर पनि गामबेसीको भाकामा रमाउन लालायीत छन । गामबेसीका भाका र लोकलयको मिठासलाई भुल्न नसक्ने यी युवा गायक बिष्णुले यतिखेर बेललायतमा बसेर पनि नेपाली लोकगीत “नढाटेर भन“ बजारमा ल्याएका छन । उनको यो पहिलो प्रयास पनि हो । देबी घर्तीले साथ दिएको यो लोकलयमा बिष्णुले निकै मिहिनेत पनि गरेका छन । आफ्नै रचना र स्वरको यो गितलाई बिष्णुले छांयाकन गरेर भिडियो समेत बजारमा ल्याइसकेका छन । बेलायतका विभिन्न शहरमा छायांकन गरिएको भिडियोलाई प्रकाश रिजाल र रविन्सन घर्तीले खिचेका हुन । जानकी सिंजालीको निर्देशन रहेको यस लोक भाकामा बिष्णु बन्जाडे र रिता बन्जाडेले अभिनय गरेका छन् । सुर्य खड्काको संगीत , तारानाथ आचार्य , सरिना गिरी, शेरु घर्ती ,विकाश सापकोटा लगायतको सहयोग र सल्लाहमा निर्मित म्युजिक भिडियोलाई बि . आर इन्टरटेनमेन्ट प्रा. लि . ले बजारमा ल्याएको हो । भिडियोको लिंक
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्