नेभिगेशन
खेलकुद

एनआरएन स्पोर्टस अवार्ड सम्पन्न अनिल र नवयुग अस्ट्रेलियामा सम्मानित

सिड्नी । गैर आवासिय नेपाली संघ अस्ट्रेलियाले देशको झन्डा परदेशमा फहराउने खेलाडी राष्ट्रका गहना भएको भन्दै पहिलो पटक स्पोर्टस अर्वाड समारोहबिच नेपालका राष्ट्रिय तथा अन्त्राष्ट्रिय खेलाडीलाई सम्मानीत गरेको छ । अस्ट्रेलियाभर छरिएर रहेका नेपालीलाई एकताको गाठोमा बाध्ने प्रयास स्वरुप आयोजना गरेको बास्केटबल,भलिबल, क्रिकेट र फुटबलका विजेतालाई पुरस्कृत गर्न आयोजना गरेको स्पोर्टस अर्वाड नाइटमा नेपालवाट फुटबलका स्टार अनिल गुरुङ , नवयुग श्रेष्ठ र भलिबलका पुर्व कप्तान भरत शाहलाई बिशेष अतिथीका रुपमा बोलाइएको थियो । खेलकुदको माध्यमवाट देश चिानउने खेलाडी मुलुकका गहना भएको भन्दै अस्ट्रेलियामा छरिएर रहेका दश खेलाडीलाई समेत एनआरएन अस्ट्रेलियाले स्पोर्टस अर्वाडमा बिशेष सम्मान प्रदान गरको थियो । जसमा नेपालको प्रतिनिधित्व गरी तिन पटक युथ १९ बिश्वकप खेलिसकेका यशवन्त सुबेदी, प्रेम चौधरी , टी ट्वान्टी बिश्वकप खेलेका नेपालका वाया हाते फास्ट बलर अमृत भट्टराइ , सागमा उसुमार्फत स्वर्ण पदक विजेता विनिता महर्जन,रजत पदक विजेता राजु महर्जन, फुटबलका जगजित श्रेष्ठ,अनिल ओझा रहेका थिए भने अस्ट्रेलियामा रहेर यहाका राष्ट्रय तथा अन्तराष्ट्रिय प्रतियोगितामा पदक जितेर नेपालको नाम राख्ने नेचुरल बडि बडिबील्डर सन्तोष कुमार श्रेष्ठ, प्रकृती श्रेष्ठ ,सन्जिव चौधरी तथा जुडोका मोहम बम रहेका थिए । 17759225_1618335691517789_861154225_o एनआरएनएले पहिलो पटक खेलकुद प्रतियोगिता र सम्मानको परम्पराको थालनी गरेको हो । कार्यक्रममा प्रमुख अतिथी अस्ट्रेलियाका लागि नेपालका कार्यबाहक राजदुत राजेन्द्र पाण्डेले मुलुक चिनाउने महत्वपुर्ण माध्यम खेलकुद रहेकोले खेलाडी राष्ट्रका दुतका रुपमा रहेको बताए । एनआरएनले बिदेशमा लुकेर बसेका खेलाडीको खोजी खोजी सम्मान गर्दा उनिहरुको सहि मुल्याकन हुनुका साथै एनआरएन प्रती सकरात्मक सन्दशे फैलीने बताए । एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले बास्तबमै एनआरएनले छुटाएको महत्वपुर्ण पाटोको रुपमा रहेको खेलकुद र खेलाडीलाई सम्मानको परम्पराको थालनी गर्न पाउनु आफ्नो लागि खुसीको बिषय भएको बताए । 17778777_1618336381517720_587668337_o सिग्देलले मुलुकका लागि पसिना बगाएर नाम राख्ने खेलाडी सम्मानको हकदार भएकोले अन्य क्षेत्रहरुले पनि उनिहरुको सम्मानको थालनी गर्नुपर्ने बेला आएको बताए । कार्यक्रमका संयोजक तथा एनआरएनका खेलकुद संयोजक नन्द गुरुङले प्रवासमा छरिएर रहेका खेलाडी तथा युवा जगतलाई हातेमालो गर्ने र भाइचाराको शन्देशका लागि पनि खेलकुद प्रतियोगिता महत्वपुर्ण रहेको बताए । गुरङले आगामी दिनमा पनि एनआरएनएले खेलकुदलाई प्राथमिकताको सुचिमा राखेर अगाडि बढने बेला आएको सुनाए । सह सचिब भिष्म भण्डारीले सन्चालन गरेको कार्यक्रममा एनआरएनले आयोजना गरेको बिभिन्न खेल बिधाका बिजेता तथा उपविजेतालाई नगद तथा ट्रफी बितरण गरिएको थियो । यसै कार्यक्रममा अस्ट्रेलियामा बसेर बिभिन्न खेलक्षेत्रमा लमो समयदेखि योगदान दिने फुटबलमा राजु मानन्धर र अनिल थापा मगर, भलिबलका टीका कार्की, बास्केटबलका धिरोज मल्ल ,क्रिकेटका जिवन थापालाई सम्मानित गरिएको थियो । कार्यक्रमलाई सफल बनाउन महत्वपुर्ण भुमिका खेल्ने युवा स्वयंससेवी किरण बराल ,सुरेन्द्र पाण्डे, शितल खाँंण , विजय शर्मा र राज गुरुङ र सुमन बोहरा विजेताहरुलाई कार्यबाहक राजदुत राजेन्द्र पाण्डे, एनआरएनएका अध्यक्ष सुरेन्द्र सिग्देल,उपाध्यक्ष दिनेश पोखरेल, आइसीसीका युथ कोर्डिनेटर विजय पोखरेल,आइसीसी सदस्य बालचन्द्र भट्टराइ, कोषाध्यक्ष डिला खरेल, सामािजक अभियन्ता श्री नापीत, नारायण प्रधान लयागतले खेलाडीलाई सम्मान तथा पुरस्कृत गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।