नेभिगेशन
कला/शैली

ए बि के लयर्स एन आर एन ए अस्ट्रेलिया स्पोर्ट्स अवार्ड नाइट कार्यक्रम हुने

सिड्नी । एनआरएन अस्ट्रेलियाको आयोजना मा यहि अप्रिल २ तारिख आइतबार साझ रक्डेल स्थित रेड रोज फंसन सेन्टरमा एबिके लयर्स एन आर एन ए अस्ट्रेलिया स्पोर्ट्स अवार्ड नाइट कार्यक्रम हुने भएको छ । कार्यक्रम मा भाग लिन नेपालबाट रास्ट्रिय खेलाडी हरु अथितिको रुपमा आउने भएका छन् । नेपाल न्युज अस्ट्रेलिया संग कुरा गर्दै एन आर एन अस्ट्रेलियाका का खेलकुद संयोजक नन्दु गुरुङले गत वर्ष एन आर एन अस्ट्रेलिया ले आयोज गरेको फुटबल भलिवल क्रिकेट र बास्केटबल प्रतियोगिता मा प्रथम र दित्तीय स्थान प्राप्त गर्ने खेलाडी र टिमलाइ पुरस्कार र सम्मान गरिने बताए । अस्ट्रेलियामा रहेका नेपाली युवाहरुको फुटबल ,क्रिकेट लगायतका खेलमा आकर्षण बढ्दै गएकोले यसलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने गुरुङ बताउछन् । एन आर एन अस्ट्रेलियाले आयोज गरेको खेलकुदका लागि मुख्य प्रायोजक रहेको ए बि के लएर्सका भवानी पौडेलले यस्तो खालका कार्यक्रमलाई सहयोग गर्न पाएकोमा खुसि ब्यक्त गर्दै आगामी दिनमा पनि यस्तो सहयोगलाई निरन्तरता दिइने बताए । खेल प्रति नेपाली युवाहरुको लगनसिलता र रुचि लाइ मर्न नदिन समाजका सबै वर्ग र समुदाय लाग्नु पर्ने आजको अवस्थामा यो कार्यक्रम ले हुनुहरुलाई केहि न केहि सहयोग र हौसला मिल्ने बिस्वास गरिएको छ । संयोजक गुरुङ ले कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न सबैलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्