नेभिगेशन
कला/शैली

केकीको लब साशा अस्ट्रेलियाका विभिन्न शहरमा प्रर्दशन हुदैं

सिड्नी । नेपाली कथानक चलचित्र लब साशाको अस्ट्रेलियाका विभिन्न शहरमा प्रिमियर शो हुने भएको छ । अप्रिल १ तारिखका दिन इभेन्ट सिनेमा बरउडमा प्रर्दशन गर्न लागिएको छ । त्यस्तै मेलवर्नमा मार्च २८ मा प्रर्दशन हुनेछ । प्रचण्डमान श्रेष्ठद्वारा निर्देशित उक्त फिल्ममा बहुप्रतिभाशाली नायिका केकी अधिकारीले नायिकाको रुपमा आफ्नो सशक्त प्रस्तुती दिएकी छिन् । लब साशा एउटा पुस्तकमा आधारित चलचित्र हो । प्रेम कथामा आधारित उक्त चलचित्रको कथा निकै मार्मिक रहेको छ । अस्ट्रेलियामा प्रर्दशन गर्न लागिएको उक्त नेपाली चलचित्रमा शैक्षिक परामर्श कम्पनी राइट एण्ड एशोसियट मुख्य प्रयोजक रहेको छ । राइट एण्ड एशोसियटका डाइरेक्टर पिआर अधिकारीले प्रवासमा नेपाली चलचित्रको उत्थान एवं नेपाली कलाकारहरुलाई हौसला प्रदान गर्न आफुलेहरुले उक्त चलचित्र अस्ट्रेलिया भित्रयाउन सहयोग गरेको बताए । चलचित्र प्रर्दशनका लागि नेपालबाट अभिनेत्री केकी अधिकारी तथा निर्देशक प्रचण्डमान श्रेष्ठ अस्ट्रेलिया आउँदैछन् । राइट एण्ड एशोसियटले आफ्नो स्थापनाको १६ औं वार्षिकोत्सवको अवसरमा अभिनेत्री केकी अधिकारीलाई आफ्नो ब्राण्ड एम्बेसडरमा नियुक्ती गरेको थियो । राइट एण्ड एशोसियटका अर्का निर्देशक बाल चन्द्र भट्टराईले अस्ट्रेलियाका नेपाली समुदायलाई चलचित्र प्रर्दशनीको दिन उपस्थिति जनाइदिएर नेपाली चलचित्रलाई माया एवं कलाकारहरुलाई सम्मान गर्न अनुरोध गरेका छन् । उक्त चलचित्रको टिकट अनलाइनमा समेत किन्न सकिने छ । टिकट किन्नको लागि यस http://ticketplus.com.au/movies/419 लिंकमा गएर बुक गर्न सकिनेछ । टिकट तथा थप जानकारी चाहिएमा बाल चन्द्र भट्टराई ०४१३९१०४७५ पिआर अधिरकारी ०४०१५३७२२७ दिनेश खनाल ०४२५०२०१३७ आशिस भण्डारी ०४२४६१३९९८ वालिका तामाङ ०४२६९५५७२७ प्रीति दाहाल ०४२४३०८०६६ मनोज अधिकारी ०४०६८३५९५६ मा सम्पर्क गर्न सकिनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्