नेभिगेशन
कला/शैली

मार्च २५ तारिकको दिन एडीलेडमा नेपाली फेस्टिभल

एडीलेड । यहि मार्च २५ तारिकको दिन एडीलेडमा नेपाली फेस्टिभल २०१७ आयोजना हुने भएको छ । बिहान ११ बजे नेपाली कला, संस्कृति झल्कने झाकी सहित ह्यान्डमार्स स्क्य्वायरमा हुने उक्त कार्यक्रम विभन्न सांगीतिक कार्यक्रम सहित बेलुका ८ बजे सम्म चल्ने आयोजक संस्था एनआरएनए साउथ अस्ट्रेलियाले बताएको छ ।सेलिब्रेट कल्चर, एक्सप्रियन्स नेचर’ को नारा सहित एडीलेडमा हुने यस कार्यक्रमले नेपालसंग रहेकको पर्यटनको प्रशस्त संभावनालाई अस्ट्रेलियामा प्रचार प्रसार गर्न ठुलो भूमीक खेल्न एनआरएनए साउथ अस्ट्रेलियाका संयोजक नबिन कंडेल बताउछन । " नेपाल बाहिर बस्ने नेपालीहरु आफैमा पनि पर्यटन दुत हुन् त्यसमा यस किसिममा कार्यक्रमहरुले नेपाली कला संस्कृति, खाना र नेपाललाई यहाँ चिनाउन सकिन्छ , त्यसैको एउटा साझा प्रयास हो नेपाल फेस्टिभल " । नेपाल फेस्टिभलमा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपाल बाट कुटुम्ब ब्याण्ड , लोक दोहोरी गायक नारायण रायामाजी , शान्ति परियार, सिड्नी बाट हामी ब्याण्ड लगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहने कंडेलले बताए । कार्यक्रममा एनआरएन आईसीसी अध्यक्ष शेष घले , अन्य स्टेट बाट एनआरएनएका पदाधिकारीहरु , स्थानिय राजनीतिज्ञ सहित विभन्न समुदायको बाक्लो उपस्थिति रहने अनुमान गरिएको छ। नेपाली दुत्तबास क्यानबेरा, महाबाणिज्य दुताबासको कार्यलय साउथ अस्ट्रेलिया र यहाँ रहेका नेपाली संघसस्थाहरुको सहकार्यमा हुन लागेको उक्त कार्यक्रमका मुख्य प्रायोजक बूमर्‍याङ एजुकेशनल सर्भिसका आशिष वाग्ले नेपालीहरुको लागि यस किसिमका कार्यक्रमहरु ठुलो अवसर भएको बताउदै यहि मध्यम प्रयोग गर्दै नेपाली कला संस्कृति भेषभूषा र पहिचानलाई यस मिल्टि कल्चर देशमा चिनाउन सकिने कुरा बताए । उनले थप्दै भने "सस्कृति आदान प्रदानले दुई मुलुक बीचमा सास्कृतिक सम्बधनलाई पक्कै पनि बलियो बनाउन मद्धत गर्नेछ, त्यति मात्र होइन यहाँ हुर्किरहेका साना-साना नेपाली बालबालिकाले पनि आफ्नो सस्कृतिको बारेमा धेरै कुरा सिक्ने मौका पाउनेछन ।" कार्यक्रममा नेपाली खानका स्टल , व्यवसाय स्टल, नेपाली घर सहित नेपाली कला संस्कृति झल्कने सामग्रीहरु, पर्यटन पर्बर्धन, हस्तकलाका सामग्रीहरु प्रदर्शन गरिने बताईएकोछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्