नेभिगेशन
नेपाल समाचार

एनआरएन अमेरिकाको अध्यक्ष पदमा डिल्ली भट्टराईको उम्मेदवारी घोषणा

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएन अमेरिका) को आगामी कार्यसमितिका लागि अध्यक्ष पदमा डिल्ली भट्टराईले बुधवार उम्मेदवारी घोषणा गरेका छन् । क्लालिफोर्नियामा एक कार्यक्रम आयोजना गरेर भट्टराईले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । एनआरएन अमेरिकालाई नयाँ सिरावाट अगाडी बढाउन आफूले उम्मेदवारी घोषणा गरेको उनले बताए । स्थानीय समुदायको उपस्थितिमा भट्टराईले उम्मेदवारी घोषणा गर्दै सबैसँग सहयोगका लागि आग्रह गरेका हुन् । भट्टराईले घोषणा कार्यक्रममा एनआरएन अमेरिकालाई विस्तार गरेर ३० राज्यमा पुर्‍याउने बताए । अहिले साढे एक दर्जन राज्यमा एनआरएन अमेरिकाका च्याप्टर छन् । भट्टराई अहिले एनआरएन अमेरिकाका उपाध्यक्ष हुन् । अमेरिकामा रहेका २ लाख ५० हजार प्रवासी नेपालको श्रीबृद्धि र मातृभूमि नेपालको लागि केही गर्न आफूले नेतृत्व दाबी गरेको भट्टराईले बताए । अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)मा अमेरिकाको प्रतिनिधित्व हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको र आफू यसमा सक्रिय रहने उनले बताए । घोषणा सभामा उपस्थित धेरैले भट्टराईलाई शुभकामना दिएका थिए । एनआरएन अमेरिकाको आगामी कार्यसमितिका लागि करिब २ महिना पछि निर्वाचन हुने कार्यक्रम छ । तर, निर्वाचन तालिका अहिलेसम्म सार्वजनिक भइसकेको छैन । बुधवार रातीसम्म एनआरएन अमेरिकाका ३ हजार ३ सय भन्दा बढी सदस्य भएका छन् । आउने साता दिनभित्र सदस्यता लिनेले आउने निर्वाचनमा भाग लिन पाउंछन् । अहिलेसम्म सबैभन्दा बढी टेक्ससवाट सदस्यता दाबी गरिएको छ । यसपछि न्यूओर्क र क्यालिर्फोनिया बढी सदस्य दाबी गर्ने राज्य हुन् । उम्मेदवारी घोषणा कार्यक्रममा सहभागीले आफ्नो जिज्ञासा राख्नुका साथै विभिन्न सुझावहरू दिएका थिए । आदरणीय प्रबासी दाजुभाई तथा दिदीबाहिनिहरु बिगत २ बर्षको अबधीमा तपाईंहरूको बिचार र भाबनाको प्रतिनिधित्व गर्दै तपाईंहरूको जनमतलाई एन अार एन को नीति तथा कार्यक्रम तर्जुमा , सँगठनात्मक चुस्तताका लागि बिधान संशोधनको सफलतापूर्वक सँयोजन, अमेरिकामा रहेका नेपालीहरुको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै एन अार एन लाई नयाँ शिराबाट अगाडि बढाउन नेतृत्वदायी भुमिका निर्वाह गरेको यहाहरु सामु छर्लङ्ग छ। एन आर एनको चालू सदस्यता नबिकरण तथा बितरण कार्यक्रममा तपाइहरु सबैले पुराउनु भएको उत्साहजनक सहभागिताको लागि एन आर एन अमेरिकाको उपाध्यक्षको हैसियतले यहाँहरु सबैमा हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तपाई हाम्रो सामुहिक प्रयासले आज NRN NCC USA लाइ सबै भन्दा ठुलो NRN NCC को रुपमा स्थापित गर्न एतिहासिक अवसर का साथै थप जिम्बेवारी तपाई हाम्रो काधमा आएको छ | हाल आबद्द सदस्यतालाई निरन्तरता दिदै आगामी दिनमा NRN को क्षमता तथा गुणस्तर वृद्धि गर्दै २ बर्ष भित्र यस संगठनलाई ३० बटा state च्याप्टरको स्थापना र बिस्तार गर्ने प्रतिबद्धता जनाउन चाहान्छु । एकातिर बदलिँदो अाप्रबासी नियमनका कारण प्रबासी नेपालीहरुका हक , हित र अधिकारलाई सुरक्षित गर्दै अमेरिकी समाजका आर्थिक ,सामाजिक र राजनैतिक क्षेत्रमा प्रबासी नेपालीको पहुच र पहिचान स्थापित गर्नु पर्ने गहन जिम्बेवारी छ भने अर्को तर्फ अमेरिका भरि छरिएर रहेका २५१,००० प्रबासी नेपालीहरुमा सन्निहित बोैध्दिक सँपतिलाई अमेरिकी नेपालीका श्रीबृध्दि र मातृभुमि नेपालको सँबृध्दिका लागि लगानि गर्न NRN CORPS को रुपमा बिकाश गर्दै, NRN ICC को नेतृतव गर्नका लागि पनि संगठनात्मक संरचनामा समाबेशि नेत्तृत्व बिकाश गर्न पहल गर्नेछु । त्यसैले मैले ब्यक्तिगत रुपमा यो निर्बाचनलाई सामान्य परिस्थिति भन्दा ज्यादै महत्वपुर्ण रुपमा हेरेको छु र यस निर्वाचनले बर्तमान तथा नया पुस्ताका चुनौतीलाई सम्भावनाको रुपमा बदल्न सक्ने क्षमता, संगठनलाइ हाक्न सक्ने दुरगामीशोच, उर्जाशिल र सक्षम नेतृत्व छान्न सफल हुनेछ भन्ने विश्वास लिएको छु । मेरो १५ वर्ष अमेरिका बसाइमा प्रवासी नेपालीहरुले आजको अबस्था सम्म आइपुग्न अनेकौ दुख कष्ठका बाबजुद अत्यन्त मेहनत गर्नु परेको मैले नजिक बाट भोग्दै र देख्दै आएको छु | अाज पनि ठुलो संख्यामा झन्डै ९० प्रतिसत प्रबासी नेपालीहरुको अमेरिकी जीवन नेपालको जस्तै संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेको वास्तविकता तपाई हामी सामु छ । यस जटिल अवस्थाको अन्त्यका लागि NRN लाई Millionors Club होईन Grassroots movement को रुपमा अगाडि बढाउन आबस्ककता छ र त्यस परिवर्तनको नेतृत्व पनि तपाईं हामीले नै गर्नु पर्दछ | तसर्थ यो सस्थालाई Social Enterprise को रुपमा बिकास गरि प्रबासि नेपालि लाई collective Investment initiatives, Enterpreneurship Development initiatives तथा e-Mentoring initiatives का माध्यम बाट सकारात्मक परिवर्तनको प्रत्याभूति दिलाउने प्रण गर्दै यसपटक मैले अध्यक्ष पदमा रहि सस्थागत र सामाजिक परिवर्तनको लागि जिम्वेवारी लिने निर्णय गरेको छु । डिल्ली भट्टराई नै किन? Transform NRN as Social Enterprise: 1) Enterpreneurship development Initiative (Graduate 1000 NRNs as enterpreneurs in 2 years) -2) Collective invesstment Initiative (Raise 1000X$10,000=$10M collective Fund & Manage for Economic Mobility) 3) E-mentoring initiatives ( Lunch college prep & career counseling for youngesters ) 4) NRN CORPS Knowledge Transfer to Nepal बिनित डिल्ली राम भट्टराई अध्यक्षको उम्मेदवार NRN NCC USA SAN FRANCISCO, CALIFORNIA
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्