नेभिगेशन
कला/शैली

सिड्नीमा आइतवार होली मेलाको आयोजना हुदैं

सिड्नी । नेपालीहरुले विशेष पर्वको रुपमा मनाउने होली अर्थात फागु पूर्णिमाका लागि बिभिन्न कार्यक्रममा सहभागिता जनाउन नेपालबाट नेपाली मुलका भारतीय कलाकार प्रशान्त तामाङ, लोक गायक प्रजापति पराजुली तथा गायक संजीव सिंह, नेपालको चर्चित व्याण्ड एक्स, सुदिप विश्वकर्मा लगायतका झण्डैं एक दर्जन कलाकारहरु सिड्नी आइपुगेका छन् । एक्सपोर्ट एजुकेसन तथा भिसा सर्भिसेज मुख्य प्रयोजक रहेको तथा कमेरो इभेन्ट र नपाली स्क्वाड इन्टरटेनमेन्टको आयोजनामा “होली मेला २०१७” मा आफ्नो सांगितिक प्रस्तुती दिन कलाकारहरु सिड्नी आइपुगेका हुन् । मार्च १२ तारिख आइतबार सिड्नीको रकडेल स्थित वाइसेन्टिनल पार्कमा विहान ११ बजेदेखि साँझ ६ बजेसम्म निःशुल्क होली बिशेष कार्यक्रमको आयोजना गरिदैछ । होली बिशेष कार्यक्रमको प्रोयोजक एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस अष्ट्रेलियाका निर्देशक बद्री अर्यालले रंगको पर्व होली अष्ट्रेलियामा मनाउनु र नेपाली कला सस्कृतिको प्रवासमा जर्गेना गर्न पाउनु गर्वको कुरा भएको बताए ।Screen Shot 2017-03-10 at 9.10.43 am होली बिशेष कार्यक्रमका वारेमा विहिवार एक्सपोर्ट परिसरमा गरिएको पत्रकार सम्मेलनमा नेपालबाट आएका कलाकारहरु प्रजापति पराजुली, प्रशान्त तामाङ, संजीव सिंह, सुदिप विश्वकर्मा लगायतले कार्यक्रममा सहभागिता जनाइदिनुहुन सिड्नीवासी नेपाली समुदायलाई आग्रह गरे । उक्त कार्यक्रममा बालबालिकाका लागि उद्यान, नेपाली खानाका स्टलहरु साथै राष्ट्रिय स्तरका नेपाली कलाकारहरुको प्रस्तुति रहने पत्रकार सम्मेलनमा गगन विडारीले जानकारी दिए । उनले भने –होली मेला पारिवारिक तथा सदभावको कार्यक्रम हो, हामी उक आपसमा रंग खेलेर गीत संगीतमा झुमेर रमाइलो गर्दै होली पर्व मनाउन लागेको बताए । होली कार्यक्रममा आयोजकले नै रंगको व्यवस्था गर्नेछन् । स्वास्थ्य तथा पर्यावरणको हिसावले सचेत रहँदै आयोजकले रंग तथा अविर बाहिरबाट नल्याउन अनुरोध गरेका छन् । कार्यक्रमको संचालन एक्पर्ट होम लोनका मंजीत घिमिरेले गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला/शैली
जेनीशाको “माया छरिदेउ” बजारमा  

जेनीशाको “माया छरिदेउ” बजारमा  

प्रीति घिमिरेले नयाँ गीत ‘घरको यादले’  बजारमा

प्रीति घिमिरेले नयाँ गीत ‘घरको यादले’ बजारमा

परदेशीका पीडा र भावना समेटिएको यो गीतमा कविन्द्र तामाङको शब्द र संगीत छ । अर्पण थिङले एरेन्ज गरेका छन् ।