नेभिगेशन
खेलकुद

यतीलाई हराउदै सेन्ट जोर्जले जित्यो एकसपर्ट कप

सिड्नी । मेलवर्नको चर्चित क्लब यती एफसीलाई हराउदै तेस्रो एक्सपर्ट कप फुटबल प्रतियोगिताको उपाधि सेन्ट जोर्ज क्लब सिड्नीले जितेको छ । तामाङ रिक्रेएसनल क्लबद्धारा आयोजित एक दिने फुटबल प्रतियोगितामा मेलवर्नको यती एफसीलाई टाइब्रेकरमा ५(४ गोलले हराउदै सेन्ट जोर्जले उपाधि हात पारेको हो । मेलवर्नवाट यती एफसीको प्रतिनिधित्व गर्दै मैदानमा उत्रेका अनिल ओझा, सुलभ मास्के र जगजित श्रेष्ठजस्ता उत्कृष्ट फुटबलहरुको खेल हेर्न लायक थियो । फाइनलमा सिड्नीको सेन्ट जोर्जको कप्तानी भुमिका निभाएका युडी गुरुङको टोलीले साच्चीकै उत्कृष्ट फुटबल खेलेपछि फाइनल हेर्न लायक बनेको थियो । 16409948_1538353156182710_1264997327_o तिस मिनेटको फाइनलको निर्धारित समयमा दुबै टोलीको तर्फवाट एक एक गोल भएपछि खेल सडेन डेथमा गएको थियो । निर्धारित समयमा सेन्ट जोर्जका रन्जन भट्टराइ र यतीका सुलभ मास्केले गोल गरेका थिए । नाइन ए साइड फुटबल प्रतियोगिताको प्रारम्भीक चरणहरु भने पन्ध्र मिनेटमा सिमित गरिएको थियो । सिड्नीका राम्रा क्लबहरु ग्रानभिल,राइजिङ गोर्खाज र माछापुच्छ्रेहरु अन्तिम आठमै सिमित भएपछि खेलमा मेलवर्नको टोलीमा सबैको आखा गएको थियो । राष्ट्रीय टोलीवाट चर्चा कमाएका फुटबलरहरुको उपस्थीतीले बलियो देखिएपनि फाइनलमा कमजोर रक्षापंक्ती यतीको हारको कारण बन्यो । सुलभ, अनिल र जगजितले अगाडिको मार्चा सम्हालेपनि मध्यपंक्ती र रक्षापंक्तीको अभाव खट्कीयो । टाइब्रेकरमा सेनट जोर्जका गोलरक्षक मिलन गिरी नायक साबित भए । उनले यतीका पाका खेलाडी हरी गुरुङको बलमा रोकेनन, अन्तिम पेनाल्टी समेत आफैले गरेर सेन्ट जोर्जको नाममा उपाधि समेत दिलाए । 16389399_1538353016182724_15179840_o अखिल नेपाल फुटबल संघका महासचिब धिरेन्द्र प्रधानले एक समारोह बिच प्रतियोगिताको उदघाटन गरेका थिए । पारिबारीक भ्रमणमा सिड्नी आइपुगेका प्रधानलाई प्रतियोगितामा अतिथी बनाइएको हो । प्रधानले प्रतियोगिताको उदघाटन गर्दै अस्ट्रेलियामा पनि प्रवासी नेपाली बिच यत्रो फुटबल प्रतियागिताको आयोजना हुनु खुसीको बिषय भएको बताए । प्रधानले यहा जन्मीएर फुटबलमा देखिएका युवा प्रतिभाहरुले नेपालको प्रतिनिधित्व गर्न सक्ने हुनाले यस्ता खाले प्रतियोगिताहरु मुलुकका लागि पनि उपलब्धी मुलक रहने जिकिर गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक मिलन गिरी , हाइएस्ट स्कोरर अशिस श्रेष्ठ र बिमल थापा , उत्कृष्ट खेलाडी यती एफसी निराजन राइ घोषित भए । विजेता खेलाडीलाई एक्सपर्टका निर्देशक सन्जीव शर्मा , टएआरसीसीका संस्थापक अरुण तामाङ , म्याच कमीस्नर राजु श्रेष्ठ , म्याच डाइरेक्टर बैकुन्ठ डंगोल , समाजसेवी पदम शाक्य ,टीआरसीसीका अनिल तामाङ , राजिव श्रेष्ठ लगायतले ट्रफी तथा नगद प्रदान गरेका थिए । विजयी टोलीस्ले पन्ध्र सय अस्ट्रेलियन डलर र उप विजेताले पाँंच सय डलर तथा ट्रफी हात पारेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।