नेभिगेशन
कला/शैली

शेर्पा जातीको महान चाड च्या ल्हो ल्होसार आगामी मार्च ४ तारिख मनाउने

सिड्नी । अस्ट्रेलियामा बसोबास गदै आइरहेको शेर्पाहरुको साझा सस्था शेर्पा किदुग अष्ट्रियलियाले आगामी मार्च ४ तारिख सिडनीमा भव्यताका साथ ल्होसार मनाउने भएको छ । शेर्पा जातीको महान चाड च्या ल्हो ल्होसारको सुखद अवसरमा सिडनीबासी शेर्पाहरु र अन्य विभिन्न नेपाली समुदायको उपस्थितिमा शेर्पा जातीको मौलिक कला सस्कृति झल्कने सास्कृतिक कार्यक्रमको साथ ल्होसार कार्यक्रमको तयारीमा जुटेका छौ ‘ शेर्पा किदुग अष्ट्रिलियाका उपाध्याक्ष ल्हाक्पा शेर्पाले भने-‘ हामी विदेशमा आएपनि हाम्रो सस्कृति जोगाउन तथा हामी सवै एक ठाउमा भेला भई रमाइलो गर्ने उद्धेस्यले ल्होसार कार्यक्रम आयोजना गर्न लागेको हो ‘ । उनका अनुसार सन २००८ मा अष्ट्रिलियामा विधिवत रुपमा दर्ता भएको किदुगले हरेक वर्ष ल्होसार कार्यक्रम र बेला बेलामा विभिन्न कार्यक्रमहरु आयोजना गदै आइरहेको छ । ल्होसार आयोजक समितिको संयोजकमा शेर्पा किदुग अष्ट्रिलियाका अध्यक्ष ङवाङ शेर्पा रहेको छ भने समितिको सदस्यहरुमा महासचिव कर्मा च्यावा शेर्पा, उपाध्याक्ष ल्हाक्पा शेर्पा, सचिव पेमा शेर्पा, सदस्यहरु आङ तेन्डी लामा, छिरिङ लामा , सोनाम छिरिङ शेर्पा, ग्याल्जेन शेपार्, आङ कामी लामा र पासाङ शेर्पा लगायतका रहेका छन |
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्