नेभिगेशन
नेपाल समाचार

जन सम्पर्क समितीको प्रशिक्षण कार्यक्रम

जन सम्पर्क समिती अस्ट्रेलियाले यहाँं एक दिने प्रशिक्षक कार्यक्रमको सन्चालन गर्दै प्रजातन्त्रबादीहरु एउटै छाता मुनी संगठित रहन आग्रह गरेको छ । अस्ट्रेलिया लगायत प्रवासका अन्य देशहरुमा नेपाली कांग्रेशका समर्थकहरुको बढ्दो उपस्थीती रहेतापनि घट्दो एकतालाई कसरी समाप्त पार्ने भन्ने बिषयमा प्रशिक्षण केन्द्रित गरिएको थियो । नेपाली कांग्रेशकी केन्द्रिय सदस्य डिला संग्रौलाद्धारा सन्चालित कार्यक्रममा पार्टीको घmन्डा र चारताराको शन्देसवाट पार्टी समर्थकहरु जानकार रहनुपर्ने बताइन । उनले बीपीको समाजवाद भित्र अटाएको कांग्रेश बिस्तारै सांघुरिदै गएकोमा चिन्ता ब्यक्त गर्दै भनिन, अहिले फेरी उहाकै मेलमिलापको निती पार्टीलाई आवश्यक परेको छ । बिदेशमा बसेर प्रजातन्त्र र लोकतन्त्रको हिमायती भएर चारतारा भित्र अटाउने सबै ब्यक्तीत्वलाई नमन गर्दै उनले भनिन, बिधिको शासन र मानवअधिकारको सम्मान र कानुनको पालना गर्ने मुलुकमा बस्नेहरु कम्युनीष्ट बिचारमा लाग्न सक्दैनन । उनले लोकतन्त्रमा बिचार र बिमर्शमा मनमुटाव हुनु सामान्य कुरा भएको बताउदै हामीले यसलाई आन्तरिक लोकतन्त्रका रुपमा लिनुपर्ने बताइन । आपसी कलह र बिवादलाई टेबुलमा राखेर ब्यक्ती होइन निती र बिचारलाई उच्च प्राथमिकता दिए समस्याको समाधान तुरुन्त हुने उनले बताइन । शान्ती ,समृद्धी र बिकास नेपाली कांग्रेशको आगामी वाटो भएकोले अहिले मुलुकमा देखिएको फरक राष्ट्रवादलाई चिरेर नया गन्तब्यमा हाक्नुपर्ने चुनौती समेत आइपरेको केन्द्रीय सदस्य डिलाले बताइन । ओलीको पहाडी राष्ट्रवाट र मधेशी दलका मधेरी राष्ट्रवाद बिच बिचको वाटो खोजेर निकास दिनुपर्ने अहिलको आवश्यकता रहेको उनको तर्क थियो । जनसम्पर्क समितीका अध्यक्ष कृष्ण गिरीले प्रवासमा प्रजातन्त्रवादीहरुको बाहुल्यता रहँंदा पनि बिचार भन्दा पनि ब्यक्ती माथी भएकोले एकतामा बाधीन नसकेको बताए । प्रजातन्त्रको मुल्य र मान्यतालाई सिरोधार्य गरेर अगाडि बढ्ने हो भने हाम्रा भन्दा राम्राले सदैव स्थान पाउछन । अहिले एकले अर्कालाई खुइल्याउने मानसिकताले ग्रसीतहुँंदा प्रजातन्त्रबादी संघ संस्थाहरु पछि परेको तर्क कृष्णले गरे । 16196711_1529328023751890_242632763_o कार्यक्रममा सम्पर्क समितीका संस्थापक प्रेम सापकोटाले प्रवासमा पार्टीको बिचार र बिस्तारका लागि खोलिएका जनसम्पर्कहरु नेताहरुको चाकडीको साधन बनेको आरोप लगाए । हरेक नेता आउने र आफ्नो मान्छेलाई चिठ्ठी लेख्ने कामले बिभाजन ल्याएको प्रेमले बताए । आफ्नो घरेलु समस्यामा बाहिरका मानिशले खेलिदिदा जनसम्पर्कमा बिवाद बढेको उनको तर्क थियो । कार्यक्रममा आइसीसीका पुर्व सदस्य तथा एक्काका अध्यक्ष निरज श्रेष्ठ,एनआरएनका सदस्यहरु छबी सापकोटा ,बिकास केसी , जानकी पौडेललगायतले एक आपसमा मिलेर गए जित शुनिश्चित भएको बताए । जनसम्पर्क समीतीका महासचिब किरण बराल, कोषाध्यक्ष रामजी बस्नेत , सहमाहामन्त्री सुदिप मुडवरि , सदस्य रोहित खड्का भिम सुब्बा, अर्जुन केसी लगायतले कार्यक्रमको औचित्य बारे प्रकाश पारेका थिए । कार्यक्रममा लामा् समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आउनुभएका नारायण सापकोटालाई डिला संग्रौलाले टिका लगाएर कांग्रेशमा प्रबेश गराएकी थिइन । 16196729_1529327963751896_406803865_o कार्यक्रममा आगामी अस्ट्रेलियाको एनआरएनका बिषयमा समेत छलफल चलाइएको थियो । जसमा प्रजातन्त्रबादीहरु एकताबद्ध भएर जान सबैले आग्रह गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्