नेभिगेशन
नेपाल समाचार

एक्सपर्टले एजुकेशन तथा करिअर मेला गर्दै

सिड्नी । अन्र्तराष्ट्रिय विद्यार्थीहरुको लागि उच्च शिक्षा अध्ययनमा अस्ट्रेलिया अवसरका साथसाथै चुनौती पनि थपिदैं गएका छन् । गुणस्तरीय पढाईका अलवा यहाँको जीवनशैलीले सबैलाई प्रभाव पार्न सफल पनि छ तर समयमा नै विद्यार्थीहरुले सहि बाटो रोज्न नसक्दा भने यसले कता–कता विद्यार्थीहरुलाई द्विविधा उत्पन्न गर्ने गरेको छ । यस्तै द्विविधालाई चिराफर गर्न विद्यार्थीहरुलाई लक्षित गरी विगत लामो समयदेखि अस्ट्रेलियामा शैक्षिक परामर्श सेवा पु¥याउदै आएको एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेजले जनवरी २४ तारिख मंगलवार एक दिने शैक्षिक प्रर्दशनीको आयोजना गर्ने भएको छ । । विहिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा एक्सपर्ट एजुकेशनका डाइरेक्टर संजीव शर्माले विद्यार्थीहरुलाई सम्बन्धित कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुबाटै फस्ट हेण्ड इन्फरमेसन दिने हेतुले सो शैक्षिक मेलाको आयोजना गर्न लागिएको प्रष्ट्याए । “सहि सुचना विद्यार्थीको अधिकार” भएको बताउँदै शर्माले भने साथीभाईले भनेको कुरामा लहलहैमा नलागि आफैं पनि रिसर्च र अध्ययन गरेर आफ्नो करिअर विस्तारमा टेवा पुग्ने विषय छान्न समेत विद्यार्थीहरुलाई अनुरोध गरे । Screen Shot 2017-01-22 at 3.59.26 pm एक्सपर्ट डाइरेक्टर शर्माले विद्यार्थीको करियरलाई लक्षित गरी यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै आएको बताए । यो सिड्नीमा गरिन लागेको पाचौं एजुकेशन तथा करियर सम्मेलन हो । उनले भने– “हाम्रो मुल उद्वेश्य विद्यार्थीहरुले सही सुचना तथा जानकारी पाऊँन भन्ने नै हो । कतिपय विद्यार्थीहरु वेलैमा सही परामर्श तथा जानकारी नपाउँदा विभिन्न अवसरबाट बन्चित हुनुपरेको अवस्थालाई मध्यनजर गरी विद्यार्थीहरुलाई केन्द्रित गरी यस्ता लाभदायक सेमिनारहरु आयोजना गरिएको बताए । उक्त दिन दिउँसो १२ बजेदेखि साँझ ४ बजेसम्म Level 6 263 Clarence Street Sydney मा उक्त प्रर्दशनी हुनेछ । सो अवसरमा ११ वटा विश्वविद्यालय तथा इन्स्च्यिूटहरुका प्रतिनिधिहरुसँग अध्ययनको विषय, अध्ययन पश्चात पीआर तथा टीआरका सम्भावना लगायतका विषयमा प्रत्यक्ष जानकारी लिन सकिनेछ । पत्रकार सम्मेलनमा केओआई, टेफ इन्स्च्यिुट,चाल्र्स स्टुर्ट विश्वविद्यालय, होम्स, अस्ट्रेलियन कलेज अफ बिजनेस इन्टेलीजेन्स(एसीबिआई) का प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । सम्मेलनका क्रममा उनीहरुले नेपाली विद्यार्थीहरुको अध्ययन स्तर निकै सन्तोषजनक रहेको बताउँदैं आफ्ना विश्वविद्यालय तथा कलेजहरुमा नेपालीहरुको संख्या उल्लेख्य रहेको जानकारी दिएका थिए । यसै बिच टेफ इन्सिच्युटले एक्सपर्ट एजुकेसन तथा भिसा सर्भिसेजका डाइरक्टर संजीव शर्मालाई वेस्ट परफरमेन्स अवार्डबाट सम्मानित गरेको थियो । उक्त सम्मेलनमा पिटिई, नाटी, प्रोफेसनल इयर, लगायत विविध विषयमा समेत विशेष जानकारी प्रदान गरिने भएको छ ।Screen Shot 2017-01-22 at 3.59.37 pm यसै बिच बुटवल, चितवन, पोखरा काठमाडौंमा समेत एक्सपर्टको एजुकेसन सेमिनार सम्पन्न भएका छन् । विभिन्न स्थानमा भएको मेलामा अस्ट्रेलिया आउन चाहने विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । बुटवलमा आयोजना गरिएको सेमिनारमा एक्सपर्ट सिड्नीका डाईरेक्टर बद्री अर्याल,लगायत सिएसयू स्टडी ग्रुपका डाईरेक्टर डेभिट नाइट, फिलिन्डर्स विश्वविद्यालयका रिजनल म्यानेजर मार्क चार्ली, युनिभर्सिटी अफ वेस्टन सिड्नी इन्टरन्यासनलका रिक्रुटमेन्ट म्यानेजर नम्रता आनन्द, यूटिएस इन्सर्चका रिजनल डाईरेक्टर काप्लान, बिजनेस स्कुलका गोबी मुथुसामीको समेत उपस्थिति रहेको थियो । विभिन्न कलेजका प्रतिनिधिहरुले अस्ट्रेलियाको शैक्षिक गतिविधी, यहाँको रहनसहन, जीवनशैलीका वारेमा जिज्ञासु विद्यार्थीहरुलाई जानकारी दिएका थिए । IMG_2802
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्