नेभिगेशन
कला/शैली

यदु भट्ट विद्या पुरस्कार प्रदान

गोरखा जिल्लाको शैक्षिक विकास र प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको बीबी ट्रस्टले सातौं यदु भट्ट विद्या पुरस्कार प्रदान गरेको छ । गोरखा जिल्लाबाट प्रवेशिका परीक्षामा उत्कृष्ट हुने एक सार्वजनिक विद्यालय तथा सो परीक्षामा सर्वोत्कृट हुने एक छात्र र एक छात्रालाई सम्मानित गरिएको हो । जिल्लामै सर्वोत्कृष्ट हुने सरस्वती माध्यामिक विद्यालय आहाले भएको छ भने सर्वोत्कृष्ट हुने छात्र छात्रामा पनि सोही विद्यालयका क्रमशः प्रशान्त श्रेष्ठ र छात्रा दिक्षा सुनुवारलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा मन्त्री धनीराम पौडेलले प्रमाणपत्र, नगदसहित सम्मान गरे । विद्यालय र पुरस्कृत विद्यार्थीले जनही २५–२५ हजार पुरस्कार दिइयो । बीबी ट्रस्टका अध्यक्ष भवन भट्टले यसअघि ४५ लाख रुपैयाँ रहेको ट्रस्टको अक्षय कोषको राशी बढाएर ५० लाख पु¥याउने घोषणा गरे । यो शिक्षा क्षेत्रमा निजी रुपमा स्थापना गरिएको ठूलो ट्रस्ट हो ।16196568_1528720587145967_2049326929_o गैर आवासीय नेपाली संघका उपाध्यक्षसमेत रहेका भट्टले विश्वका ७५ देशमा गैर आवासीय नेपालीको सञ्जाल रहेको सन्दर्भ उल्लेख गर्दै नेपालको शैक्षिक विकासमा गैर आवासीय नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई प्रयोग गर्न सकिने बताए । “अहिलेको युगमा सरकारले सबै क्षेत्रमा लगानी गरेर सम्भव हुँदैन, नाफामूलक र लोककल्याणकारी गरी क्षेत्रहरू छुट्याउनु पर्छ,” एनआरएन आईसीसीका उपाध्यक्ष भट्टले भने, “जापान, कोरियासहितका केही विकसित देशहरूमा निजी क्षेत्रले विद्यालय पूर्वाधार बनाएर सरकारलाई हस्तान्तरण गर्ने अनुभव छ, नेपालका सन्दर्भमा त्यो मोडल लागू गर्न सकिन्छ ।” उनले भूकम्पले भत्काएका करिब एक हजार विद्यालय भवनहरूलाई सार्वजनिक–निजी साझेदारीको मोडलबाट निर्माण गर्न सकिने बताए । कार्यक्रममा शिक्षा मन्त्री धनीराम पौडेलले शिक्षा क्षेत्र सुधार परियोजनाअन्तर्गत सरकारले गाउँगाउँमा विद्यालयहरू खोल्न थाले पनि अभिभावकहरू भने गुणस्तरीय शिक्षाको खोजीमा सहर वा सदरमुकाम पस्ने प्रवृत्तिमा सुधार ल्याउन सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिए । बीबी ट्रस्टका संरक्षक यदु भट्टले सामुदायिक विद्यालय भन्दैमा सबैको गुणस्तर कमजोर हुन्छ भन्ने सोच्न नहुने भन्दै गोरखाबाट प्रवेशिका परीक्षामा उत्कृष्ठ अंक ल्याउने दुवै विद्यार्थी सामुदायिक विद्यालयकै हुनुले इच्छाशक्ति हुने हो भने यस्ता विद्यालयहरूबाट उत्कृष्ठ जनशक्ति जन्माउन सकिने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्