नेभिगेशन
कला/शैली

अनलाईन खबरको अस्ट्रेलिया संस्करण सुरु

सिड्नी । नेपालको चर्चित अनलाईन न्यूज पोर्टल अनलाईनखबर डट कमले संस्करणको सुरुवात गरेको छ । पत्रकार मनऋषि धितालको नेतृत्वमा अनलाईन खबर अष्ट्रेलिया सञ्चालित हुनेछ । आईतबार एनआरएन अध्यक्ष शेष घलेले एक कार्यक्रमकाबीच अनलाईनको अष्ट्रेलिया संस्करणको शुभारम्भ गर्नुभयो । सिड्नीमा आयोजना गरिएको उक्त कार्यक्रममा अष्ट्रेलियाका लागि कार्यवाहक राजदूत राजेन्द्र पाण्डे, न्यू साउथवेल्सका अवैतनिक महावाणिज्यदूत दिपक खड्का, एनआरएन अष्ट्रेलियाका कार्यवाहक अध्यक्ष दिनेश पोखरेल, , नेपाल प्रेश युनियनका केन्द्रिय अध्यक्ष बद्रि सिग्देल ,एनआरएन आईसीसी युवा संयोजक विजय पोखरेल, प्रवक्ता अञ्जु थापा, चर्चित चिकित्सक डा.कुमुद धिताल, एनआरएन ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्साल, फ्रेण्डस अफ लेबरका संयोजक गोवा कटुवाल, फ्रेन्स अफ लिबरलका अध्यक्ष श्री नापित, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, नेपालको परराष्ट्र मन्त्रीका प्रेस संयोजक एकराज पाठक, क्वीन्सल्याण्डका लागि अवैतनिक पर्यटन प्रतिनिधि स्वतन्त्रप्रताप शाहलगायतको उपस्थिति थियो । पबचथबकार्यक्रममा बोल्दै अध्यक्ष घलेले अनलाईनखबरले अहिलेसम्म खेलेको भूमिकाको प्रशंसा गरेका थिए । साथै घलेले प्रवासमा रहेका नेपालीहरुलाई यसले दिएको प्राथमिकताका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि अझ बढी प्रवासी नेपालीहरुका गतिविधिलाई समेट्न सुझाव दिए । अनलाईनखबर अष्ट्रेलिया संस्करणमा अष्ट्रेलियाका विभिन्न राज्यमा भएका नेपालीसँग सम्बन्धित गतिविधिलाई समेटने तयारी छ ।कार्यक्रममा अनलाईनखबरका प्रधान सम्पादक धर्मराज भुसालले अष्ट्रेलियामा रहेका नेपालीहरुले ठूलो संख्यामा अनलाईनखबरमा आएका समाचार र सूचनाहरुलाई पछ्याएको भन्दै यसलाई अझै व्यवस्थित बनाउने उद्देश्य अनुरुप संस्थागत रुपमा नै कार्यालय स्थापना गरेर अघि बढ्ने सोच आफुहरुले राखेको बताएका थिए । यसैबीच, मेलबर्नमा प्रधान सम्पादक भुसाललाई त्यहाँका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले आफ्नो कार्यालयमा स्वागत गरेका छन् । बुधबार महावाणिज्यदूतको कार्यालयमा आयोजना गरिएको संक्षिप्त कार्यक्रमकाबीच अनलाईनखबरको अहिलेसम्मको यात्राको विषयमा चर्चा भएको थियो । साथै, अष्ट्रेलियामा आगामी दिनमा ल्याउन लागेको योजनाका विषयमा समेत भुसालले जानकारी गराएका थिए । उक्त अवसरमा अष्ट्रेलिया प्रतिनिधि मनऋषि धिताल समेत उपस्थित थिए । धिताल नेपालमा पछिल्लो समय प्रेस काउन्सिलको सदस्य थिए भने अष्ट्रेलिया केही महिना अघि आएका हुन् । उनी सिड्नीमा क्रियाशील छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्