नेभिगेशन
कला/शैली

अस्ट्रेलियामा बनेको “ह्याप्पी न्यु इयर” नया बर्षमा रिलिज हुने

अष्ट्रेलिया यतिखेर नेपाली चलचित्रको उत्कृष्ट गन्तब्यका रुपमा स्थापित हुँदै आएको छ । चलचित्रको चर्चित प्रबासी बजारका रुपमा चर्चा पाउदै गर्दा अहिले यहा चलचित्र निमार्ण , छायांकन र अभिनयले पनि त्यतीकै महत्व पाउने गरेको छ । हरेक हप्ता नेपाली चलचित्रहरुको प्रीमियर अस्ट्रेलियन शहरहरुमा भैरहँंदा अहिले चलचित्रको छायांकनमा समेत नेपाली लगानिकर्ताहरुको आँंखा अस्ट्रेलियाका सुन्दर समुन्द्री किनारतिर दौडिन थालेको छ । लगानीका हिसाबले केहि मंहगो पर्ने भएपनि सुखदुखका साथ केहि चलचित्रहरु छायांकनका लागि अस्ट्रेलिया आउनेक्रम जारी छ । निर्देशक मनोज अधिकारिले लाईन प्रोड्युसरको रुपमा काम गरेको नया चलचित्र “ह्याप्पी न्यु इयर” को सम्पुर्ण छायांकन अष्ट्रेलियामा भर्खरै सम्पन्न भएको छ । सुटिंङ युनिटले सीड्नीमा पत्रकार सम्मेलन गरेर सम्पुर्ण छायांकन सकिएको जानकारि दिंदै चलचित्रको पोष्टर समेत सार्बजनिक गरेको छ । कुशल थापा, सन्ध्या केसि, पुकार गौतम , सुरभि मानन्धर, करण क्रेजी लगायत अष्ट्रेलियामा चिनिएका नेपालीहरु डाक्टर घनश्याम चापागांइ, पदम शाक्य, खिलेन्द्र तिमिसिना, बिनोद पौडेल,आशिका सेढाइ, रोयल मास्के, ईश्वर थापा लगायतको अभिनय रहेको छ । फिल्म रोमान्टिक थिममा बनेको र सिड्नीका सुन्दरतामा चलचित्र घेरिएको यसका निर्देशक देव कुमार श्रेष्ठले बताए । कुशल थापाको कथा रहेको यो चलचित्रमा पटकथा,संवाद र निर्देशन ३ दशकदेखि नेपालि चलचित्र उधोगमा कार्यरत देबकुमार श्रेष्ठको रहेको छ भने राति थापाको निर्माणमा चलचित्र बनेको हो । चलचित्रको क्यामरा पर्सन अस्ट्रेलियन बेन्जामिन ड्रे रहेका छन । चलचित्रका पुरै दृश्य अष्ट्रेलियामा छायांकन गरिएको र अष्ट्रेलियामा रहेका नेपालिहरुको कथा पनि केहि हदसम्म समेटिएको लाइन प्रोड्युसर मनोज अधिकारीले दाबि गरेका छन । नयाँ बर्षमा घटेको एउटा घटनालाई आधार बनाएर निर्माण गरिएको चलचित्र “ह्याप्पी न्यु इयर” नयाँ बर्षकै अवसर पारेर रिलिज गरिने अधिकारिले सुनाए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्