नेभिगेशन
कला/शैली

नेपाल महोत्सव भब्य रुपमा सम्पन्न

दिपेश श्रेष्ठ सिड्नी । म्ुालुक चिनाउने मेलाका रुपमा परिचित प्रतिक्षित नेपाल महोत्सव सिड्नीको पर्यटकयि स्थल डार्लिङ हार्वरमा भब्य रूपमा सम्पन्न भएको छ । महोत्सवको नेपालका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले अपरान्ह महोत्सवको उदघाटन गरेका थिए । महोत्सवमा सिड्नीसँगै अष्ट्रेलियाका बिभिन्न भागबाट आएका हजारौं नेपालीहरुको सहभागिता जनाएका छन् । महोत्सवमा बोल्दै परराष्ट्रमन्त्री महतले अष्ट्रेलियामा रहेको नेपाली समुदायले गरेको प्रगती र उन्नतीको प्रसंसा गरेका थिए । उनले डायस्पोराको नेपाली समाजमा महत्वपुर्ण मानिने अस्ट्रेलियामा नेपाली समुदायको बलियो उपस्थीतीले नेपाल र नेपालीको शिर उचो पारेको बताए । यसरी प्रवासमा नेपाली समुदायको बलियो उपस्थीतीले मुलुकको परराष्ट्रनितीमा समेत प्रभाव पार्ने मन्त्री महतले सुनाए । 15218377_1424738804210813_1901906988_n मन्त्री महतले नेपाल बाहिर आयोजना गरिने महोत्सवहरुमा सिड्नी अग्रस्थानमा रहेको र यहा अवलोकन गर्ने नेपाली तथा बिदेशीहरुको भिडले यसलाइ अभुतपुर्व बनाएको बताए । महतले बिदेशी र नयाँ पुस्ताका नेपालीमाझ नेपाली कला र संस्कृतिको प्रर्बद्धन गर्न आयोजना हुने यस्ता मेला र महोत्सव देशका लागि महत्वपुणर््ा रहने जिकिर समेत गरे । महोत्सवमा सयौ बिदेशीहरुले नेपालबारे जानकारी लिनुका साथै नेपाली खानाको स्वाद लिएका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघका मल्टी कल्चरल छाया मन्त्री सोफी कोटसीस, सांसद डेभिड कोलम्यान एनआरएनका केन्द्रिय अध्यक्ष शेष घले, उपाध्यक्ष कुमार पन्त , महोत्सवका आयोजक समिति संयोजक दिनेश पोखरेल लगायतले आआफ्ना मन्तब्य राखेका थिए । महोत्सवमा नेपाली ब्यापारिक प्रतिष्ठान, नेपाली खाना, संस्कृतिक प्रर्बधन लगायतका स्टलहरु राखिएका थिए । नेपाली संस्कृति प्रर्बधनका लागि बेग्लै नेपाल हाउसको समेत ब्यबस्था गरिएको छ । हाउसमा गोर्खा सैनिक, हिमाल अनि कला र संस्कृती र पहिचान अनि हाम्रा सम्पदासम्वन्धी बिभिन्न कलाकृती राखिएका थिए । 15240247_1424740650877295_1164452753_n औपचारिक कार्यक्रम समापनसँगै महोत्सवमा बिविध सांस्कृतिक कार्यक्रम चलेको थियो । जसमा अन्जु पन्त, मञ्जु पौडेल, सुगम पोखरेल, कन्दरा समूह लगायतले बिविध सांस्कृतिक प्रस्तुतीहरु थियो । आतिसबाजीसहित सम्पन्न भएको महोत्सवमा करिब तिस हजार मानिस सहभागी भएका थिए । कार्यक्रममा कन्दरा समुहका गायक विवेक श्रेष्ठले हङकङ पोखरा, लेककी हे माया जस्ता चर्चित गितहरुवाट दर्शकलाई भरपुर मनोरन्जन गराएका थिए । सन् २००६ मा सिड्नीमा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले पहिलो पटक नेपाल महोत्सवको आयोजना गरेको थियो । यो नेपाल महोत्सवको छैटौं संस्करण रहेको छ । कार्यक्रम एनआरएन अस्ट्रेलियाका सचिब टोनु गोथाने, कोषाध्यक्ष डिला खरेल र सहसचिब भिष्म भण्डारी,सन्चालन गरेका थिए । कार्यक्रमम सहभागि हुन नेपाल प्रेश युनीयनका अध्यक्ष बद्री सिग्देल , सन्चारकर्मी तथा परराष्ट्र मन्त्रीका प्रेश सल्लाहकार एकराज पाठक लगायतको उपस्थीती रहेको थियो ।15219468_1253826174678172_7179997204347768468_n महोत्सवको औपचारिक कार्यक्रमअगाडी सिड्नीमा शान्ति पदयात्रा आयोजना गरिएको थियो । मन्त्री महतको अगुवाइमा सिड्नीको टाउनहलवाट सुरु गरिएको पदयात्रा आयोजनास्थलमा गएर समापन भएको थियो । जसमा राष्ट्रिय पोशाक, बाजागाजा र झण्डासहित सयौं नेपाली सहभागी भएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्