नेभिगेशन
कला/शैली

ब्रीसबेनमा नेपाल महोत्सव सम्पन्न कन्दराको दमदार प्रस्तुती

ब्रीसबेन / अस्ट्रेलियाका भिन्न शहरहरुमा मुलुक चिनाउने मेलाका रुपमा चिनिएका नेपाल महोत्सवको पहिलो श्रृंखलाका रुपमा ब्रिसबेनमा भब्यताका साथ सम्पन्न भएको छ । हजारौ नेपाली तथा बिदेशी दर्शकले नेपाल महोत्सवलाई उल्लासका साथ उत्सवका रुपमा मनाएका थिए । आपसी एकता अभिबृद्धि गर्ने र नेपाली पर्यटनको प्रबद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको हो । एक दिन अगावै परेडबाट सुरु भएको महोत्सवको दिन बिहान नेपालको पर्यटन सम्बन्धि कार्यशाला समेत आयोजना गरिएको थियो । उदघाटन कार्यक्रममा नेपाली कला संस्कृति झल्कने लाखे नाच, झांक्री नाच बिभिन्न भेष भुषा झल्कने झाँकी र परेडहरु प्रस्तुत गरिएको थियो। कर्यक्रममा नेपालवाट आएका सुगम पोखरेल, अन्जु पन्त लगायतका कलाकराको प्रस्तुती हेर्न लायक थियो ।यस्तै लामो समयपछि पुनरागमन गरेको कन्दरा ब्यान्डले ब्रिसबेनका दर्शकको मन जितेको थियो । नपाल महोत्सवको क्वीन्सल्याण्ड राज्यकी बहुसांस्कृतिक मन्त्री ग्रेस ग्रेस र एनआरएनएका केन्द्रिय अध्यक्ष शेष घलेले पानशमा बत्ति बालेर संयुक्त रुपमा उदघाटन गरेका थिए । प्रमुख अथिति सांसद ग्रेसले ब्रिसबेनमा आयोििजत नेपाल महोत्सबले बहुसांस्कृतिक अस्ट्रेलियामा नेपालीहरुको सुखद उपस्थितिको संदेश दिदै आएको बताइन । कला र संस्कृतिमा धनी नेपालीहरुलाई नजिकबाट चिन्न र जान्न यो महोत्सवले सहयोग गर्ने ग्रेसले सुनाइन । केहि हतारमा रहेका एनआरएनएका केन्द्रिय अध्यक्ष शेष घलेले महोत्सवको सफलताको कामना गर्दै अस्ट्रेलियन सरकारको सानो सहयोग पनि नेपाली समुदायका लागि ठुलो उपहार हुने भएकोले त्यसतर्फ ध्यान केन्द्रित गराएका थिए । महोत्सवमा एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एबम नेपाल महोत्सवका संयोजक अभिमान सिंह बस्नेतले स्वागत र अध्यक्ष सुरेन्द्र सिग्देलले धन्यबाद ज्ञापन गरेका थिए । अध्यक्ष सिग्देलले नेपाल पर्यटकीय दृष्टीकोणमा सुन्दर र सुरक्षित भईसककोले सबैलाइ एक पटक हेरिदिन आग्रह गरेका थिए । कार्यक्रममा १९ बर्षको उमेरमा सगरमाथा आरोहण गर्ने अस्ट्रेलियाकी अलयस्सा अजरलाई सम्मान गरिएको थियो । त्यसैगरि कार्यक्रममा नेपलिज एसोसिएसन अफ क्वीन्स्ल्यान्डका अध्यक्ष गोबिन्द बराल, ब्रिसबेन सिटि काउन्सिलको मेयर भिक्की होवार्ड, इप्स्विच सिटि काउन्सिलको मेयर पउल पिसासा, क्वीन्सल्यान्ड मल्टिकल्चर काउन्सिलका सदस्य गिटी हाउस लगायतका अथिति बक्ताहरुले कार्यक्रमको सफलताको कामना गरेका थिए । महोत्सवमा सहभागीहरुलाई आइसीसी सदस्य इश्वर कुइकेलले सम्मान ब्यक्त गरेका थिए । नेपाल पर्यटन बोर्डका न्यूसाउथवेल्स प्रतिनिधि बद्री अर्याल, क्वीन्सल्याड प्रतिनिधि स्वतन्त्रप्रताप शाह पनि पर्यटन प्रबर्धनको निम्ति आयोजित नेपाल महोत्सवको कार्यक्रमस्थलमा उपस्थित थिए । सहभागी हुन एनआरएनका युथ कोर्डिनेटर विजय पोखरेल ,अष्ट्रेलियाका उपाध्यक्षहरु दिनेश पोखरेल, केशव कँडेल र सचिव टोनु घोताने, कोषाध्यक्ष डिला खरेल,सहसचिव भिष्म भण्डारी,सदस्यहरु छवि सापकोटा, नन्द गुरुंग, प्रवक्ता ज्ञानेन्द्र रेग्मी ,आईसीसी सदस्यहरु केशव सापकोटा, राजु अधिकारी पनि कार्यक्रममा सहभागी भएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्