नेभिगेशन
व्यक्ति/व्यक्तित्व

कर्मभूमिमा रमाएका डल्लाकोटी

कृष्ण तिवारी उमेरका हिसाबले झण्डैं आधा सतक कटेपनि उनको हाउँभाउ, र दैनिक क्रियाकलापमा कुनै कमी छैन् जति वयस्क हुँदा थिए । साधारण पहिरन, मिजासिलो वोली अनि समान व्यवहारले सबैको मन जितेका उनी समयले भ्याएसम्म नेपाली समुदायमा हुने गतिविधिहरु सरिक हुन रुचाउँछन् । भनिन्छ, परिश्रमको फल मिठो हुन्छ । मिहिनेत अनि आत्मविश्वास नै जीवनलाई सफलतातिर डो¥याउने कसी पनि हो । हो, यहि संकल्प बोकेर विगत १७ वर्षदेखि अस्ट्रेलियालाई कर्मभूमि बनाउँदै आएका बुद्धि डल्लाकोटी सिड्नीवासी नेपाली समुदायका लागि नयाँ अनुहार भने पक्कै होइनन् । हाल टीम कन्सल्ट शैक्षिक परामर्श केन्द्रका डाइरेक्टर रहेका डल्लाकोटी चितवन समाज अस्ट्रेलियाका अध्यक्ष समेत हुन् । आज भन्दा ५२ वर्ष अगाडि धादिङको गजुरीमा मध्यम वर्गीय किसान परिवारमा जन्मेका डल्लाकोटी परिवारमा जेठो छोरा थिए । धादिङमा जन्मेपनि डल्लाकोटी परिवार ३३ सालतिरै चितवनतिर बसाई सर्यो । परिवारमा तीन दाजुभाई र तीन दिदीबहिनी भएपनि अध्ययनको लागि उनले राम्रै अवसर पाए । प्रारम्भिक शिक्षा गाउँकै स्कूलबाट लिएका डल्लाकोटीले हाईस्कूल भने काठमाडौं स्थित शान्ति निकुञ्ज माविबाट सके । किसान परिवारमा जन्मेहुर्केका कारण पढाईको अलवा आमाबुवालाई खेतीपाती लगायत घरायसी काममा सघाँउनु उनको दैनिकी पनि थियो । स्कुले जीवनमा उनको साइन्स पढ्ने ठुलो धोको थियो । विसं २०३६ सालमा प्रवेशिका पास गरेपछि त्रिचन्द्र क्याम्पसका अध्ययनलागि निवेदन दिएर नाम पनि निकाले । सोचेजस्तो हुन्न जीवन......भन्ने तारादेवीको गीतले भने झैं भयो उनको जीवन पनि । आर्थिक समस्याकै कारण विज्ञान विषय अधययनलाई थाती राख्दै मानविकी संकायमा ताहाचल क्याम्पसमा भर्ना भए । सानैदेखि लगनशील अनि घरायसी जिम्मेवारी वोकेका डल्लाकोटी पढाईमा मेधावीमा नै गनिन्थ्ये । विहान अध्ययन अनि दिउँसो काम गर्नुपर्ने कारण उनले पढाईमा आफूले सोचेजस्तो समय दिन सकेनन् । स्नातक सम्मको अध्ययन उनले ताहाचल क्याम्पसबाटै सके । स्नातक सकेपछि अवसर खोज्दैं अध्ययनकै सिलसिलामा केही वर्ष उनी युरोपतिर बरालिन पुगे । तर त्यहाँ उनको मन स्थिर भएन अनि नेपाल फिरे । नेपाल फिरेपछि उनले चितवनमा आफ्नै कन्स्ट्रक्सन कम्पनी खोले । निर्माण सामाग्रीहरु सप्लाई गर्ने काममा उनको आम्दानी रामै थियो । नेपालमा रहँदा क्षेत्रिय तहमा डेमोक्रयाट् राजनीतिकमा भिजेर आफ्नो छुट्टै पहिचान बनाउन सफल थिए डल्लाकोटी । एक पटक यूरोप चाहारेर नेपाल फिरेका डल्लाकोटीलाई राम्रो आम्दानी भएपनि विदेशको मोहले छोडेन ।img_3506 अस्ट्रेलियाको यात्रा विदेशको मोहले नै डल्लाकोटी सन् १९९९ मा अस्ट्रेलिया आइपुगे । निकै सानो नेपाली समुदाय रहेको सिड्नीमा त्यतिवेला काम पाउन मुस्किल नै थियो । सुरुवातका दिनहरु सघर्षपूर्ण नै रह्यो उनका लागि पनि । किचेन ह्याण्डदेखि क्लिनिङसम्मका कामको अनुभव संगालेका डल्लाकोटीले कामलाई कहिल्यै ठूलोसानो भनेनन् । कामको अनुभव सगाल्दंै गएपछि सन् २००५ मा डल्लाकोटीले सिड्नीमा आफ्नै रेस्टुरेन्ट व्यवसाय खोले । रेस्टुरेन्टमा काम गर्दै म्यानेजरसम्मको अनुभवले आफ्नै व्यापार व्यवसाय गर्न डल्लाकोटीलाई हौंसायो । आफु नै मालिक बनेर झण्डै १० वर्ष यस रेस्टुरेन्ट व्यवसायमा लागे उनी । रेस्टुरेन्ट व्यवसायमा लागेपछि उनी सातै दिन निकै व्यस्त भए । उनले यसो सोचे जीवनमा पैसामात्र सबथोक होइन । समुदायसँगको भलाकुसारी र सहभागिताले पनि जीवनमा ठुलो अर्थ राख्छ भन्ने कुरा महसुस गर्दै केही समय समुदायकै लागि छुट्याउन उनले आफ्नो रेन्टुरेन्ट व्यवसाय नै छाडे । सन् २०१५ बाट डल्लाकोटीले नयाँ व्यवसायतिर हात हालेका छन् । अर्थात उनी टिम कन्सल्ट नामको शैक्षिक परामर्श केन्द्रका डाइरेक्टर छन् । काठमाडौं चितवन र पोखरामा समेत शाखा कार्यलय रहेको टिम कन्सल्टले माइग्रेसन र शैक्षिक परामर्शका सम्पूर्ण सेवाहरु दिदै आएको छ । शैक्षिक परामर्शसेवाका कार्य बाहेक आजभोली बचेको समय समुदायमा हुने विभिन्न गतिविधीहरु सरिक हुन्छन् उनी । समाजसेवा र जीवन चितवन समाजका अध्यक्ष रहेका डल्लाकोटीको समाजसेवा रुचि पनि हो । एनआरएनए स्थापनाका लागि उनले यथासक्य योगदान दिएका छन् । सन् २००२ मा एनएनडिएफको कार्यकारी सदस्य रहेका काम गरिसकेका डल्लाकोटी पदमा बसेर भन्दा पनि बाहिर रहेका काम गर्न रुचाउँछन् । उनी भन्छन्– काम गर्न पद नै चाहिन्छ जस्तो लाग्दैन मलाई । चितवन समाजमा भने यो उनको दोस्रो कार्यकाल हो । भन्छन्– साथीभाईहरुले जोड गरे अनि एउटा पवित्र संस्थामा बस्न नाइनास्ती गरिन् । भूकम्पको वेलामा चितवन समाजले गरेको कार्य साच्चै नै सहय्नीय छ । यस समाजले चितवनका विभिन्न विद्यालय, चेपाङ स्कुल, आदर्श गृह आश्रमलाई सहयोग समेत गरिसकेको छ । प्रवासमा आइपर्ने भवितव्य घट्नाहरुमा सहयोग जुटाउन सदैव सक्रिय रहदै आएको छ, समाज । डल्लाकोटी भन्छन्– हाम्रो उद्धेश्य आपतविपत र दुखःसुखमा नेपाल र अस्ट्रेलियामा सहयोग गर्नु नै हो । नाम चितवन समाज भएपनि सहयोग गर्न कुनै भूगोल र सिमानाले नरोक्ने डल्लाकोटी बताउँछन् । img_3508 एनआरए अस्ट्रेलियाका सल्लाहकार रहेका डल्लाकोटी अस्ट्रेलियाको मेनस्ट्रिम राजनीतिको लिबरल पार्टीतिर अलि बढी झुकाव राख्छन् । जीवन भनेको डल्लाकोटीको परिभाषामा एउटा यात्रा हो । उनी भन्छन्– यात्रामा कहिले उकाली त कहिले ओराली अनि कहिले सुख त कहिले दुखः हुन्छ । यस्ता समस्यालाई सामना गर्दै जीवनमा आफ्नो उद्धेश्य प्राप्तिका लागि यात्रालाई निरन्तरता दिनु पर्ने उनको बुझाई छ । भन्छन्– जीवनमा मानिसलाई सम्पत्तिले कहिल्यै पुग्दैन । समाजसेवामा पाइने आनन्दको अनूभूति केहिसँग तुलना गर्न सकिदैन । सम्पत्ति भन्दा पनि आफ्ना छोराछोरीको अध्ययन, घरपरिवारको खुसी ठूलो कुरा रहेको बताउँछन् डल्ल्लाकोटी । विसं २०४५ सालमा चितवन निवासी हिरा धरेलसँग मागी विवाह गरेका डल्लाकोटीका दुई छोरीहरु वर्षा र आयूषा अनि छोरा आयूष छन् । दुई छोरीहरुले ग्य्राजुएट सकिसकेका छन् । जेठी छोरी वर्षा डेन्टल थेरापिष्टको रुपमा क्यानवेरामा कार्यरत छिन् भने कान्छी छोरी आयूषा डिजाइनमा मास्टर्स अध्ययनका लागि जर्मनीमा अध्ययनरत छिन् । छोरा आयूष १२ कक्षामा अध्ययरत छन् । कर्मक्षेत्रमा रमाएका डल्लाकोटीलाई पश्चिमा संस्कृतिको कार्य व्यस्तताले कहिलेकाही नेपाल मोहले उनको मन नेपालतिर लैजान्छ । भन्छन्–आफ्नो जन्मभूमि कस्लाई प्यारो हुदैन र ? तर परिस्थितिले वाँधिएपछि धेरैकुरासँग सम्झौता गर्नुपर्ने रहेछ । करिब १५ वर्ष अगाडिको अतितलाई उनी स्मरण गर्दै भन्छन्– छोरा विरामी पर्दा समेत म नेपाल जान सकिन । जीवनमा दुखका धेरै हण्डर खाएका डल्लाकोटीलाई आजभोली दुखसुख भन्ने कुरा एक सिक्काका दुई पाटा जस्तै लाग्छ । सुखमा नमात्तिने अनि दुखःमा नआत्तिने उनको मुल मन्त्र नै हो । फूर्सदको समयमा पुस्तक पढ्न मन पराउने डल्लाकोटी खेलकुदका समेत पारखी हुन् । घरपरिवार र साथीभाईहरुसँग रमाउन चाहने डल्लाकोटी नेपाली समुदायमा हुने कार्यक्रमहरु समेत सकभर छुटाउन चाहदैनन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्