नेभिगेशन
नेपाल समाचार

गुल्मोहर एजुकेशनको शैक्षिक मेला सम्पन्न

सिड्नी । सिड्नी विगत लामो समयदेखि विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिदै आएको गुल्मोहर एजुकेशनले यहि अक्टोबर २५ तारिखका दिन माइग्रेसन सम्बन्धित सूचनामूलक शैक्षिक सेमिनार सम्पन्न गरेको छ । Level 5, 155 Castlereagh Street Sydney स्थित आफ्रनै अफिस परिसरमा आयोजना गरिएको सो सेमिनारमा विद्यार्थीहरुलाई ४५७ भिसाका प्रक्रिया, टिआर तथा पिआरका प्रक्रियाका बारेमा जानकारी प्र्रदान गरिएको थियो । सो कन्सल्टेन्सीका डाइरेक्टर सुरज श्रेष्ठले सेमिनारमा उपस्थित विद्यार्थीहरुले राखेका विभिन्न जिज्ञासाको जवाफ दिएका थिए । डाइरेक्टर श्रेष्ठले नेपाल न्युज अस्ट्रेलियासँग कुरागर्दै विद्यार्थीहरुको हितकै लागि आफूहरुले सेमिनारको आयोजना गरिएको बताए । उनले भने– अध्ययन सकिसकेपछि विद्यार्थीहरुले सहि मार्गनिर्देशन र सूचना नपाउँदा समस्यामा परेका धेरै उदाहरण छन् । हामी यस्ता समस्या विद्यार्थीहरुले भोग्न नपरोस् भन्ने नै मुल उद्धेश्य हो । सो शैक्षिक मेलामा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्