अध्ययनको सिलसिलामा १६ महिना अगाडि पर्थ आएका काठमांडू नरदेविका बिराटमान ताम्राकारको यहि अगस्त २० तारिख बिहान काममा जाने क्रममा निधन भएको छ । पर्थको भिक्टोरिया पार्क ट्रेन स्टेशन नजिकैको सडक किनरामा बेहोस् भइ ढलेका उनलाइ एम्बुलेन्सलाई बोलाएर उपचारका लागि रोयल पर्थ हस्पिटल लगिएको थियो । डाक्टरले प्रारम्भिक जाचका आधारमा बिराटलाई हार्टआट्याक वा ब्रैनहेम्रेज भएको हुन सक्ने अनुमान गरे पनि बास्तवमा के भएको हो भन्ने यथार्थ जानकारी postmartom रिपोर्ट आए पछी मात्रै थाहा हुने अस्पतालले जनाएको छ ।
पर्थ स्थित Edith Cowan University मा ईन्जिनियरिङ बिषयमा मास्टर डिग्रीमा अध्ययनरत उनको मास्टर डिग्री सकिन केबल एक सेमेष्टर मात्र बाँकी थियो । मध्यम परिवारका बिराट परिवारका एक मात्रै छोरा थिए ।
परिवारको अनुरोध अनुसार बिराटको पार्थोव शरीरलाई नेपाल पठाउन नेपाली एसोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा) र एन आर एन ए वेष्टर्न अष्ट्रेलियाको संयोजनमा "विराट ताम्राकार आकस्मिक सहयोग" खाता खोली आर्थिक सहयोग संकलनको काम थालनी गरेको छ । शवलाई नेपाल पठाउनका लागी कम्तीमा पनि १२५०० अष्ट्रेलियन डलर लाग्न सक्ने भएकोले सो रकम जुटाउन नावा र एन आर एन ए वेष्टर्न अष्ट्रेलियाले अष्ट्रेलियाभरीका व्यक्ति, व्यब्सायी एवं संघसंस्था सबैमा हार्दिक अनुरोध गरेको छ । BSB: 302162
A/C Number: 0724545
“Birat Tamrakar” as a reference