नेभिगेशन
खेलकुद

रेवती कपको उपाधि युनाइटेड मेलवर्नलाई

सिड्नी । दी राइजिङ गोर्खाज नेप्लीज फुटबल क्लब, रकडेलको आयोजनामा सन्चालित रेवती स्मृती कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि युनाइटेड फुटबल क्लब मेलवर्नले जितेको छ । फाइनलमा सीड्नीको माछापुच्छ्रे क्लबलाई ५-२को अन्तरले हराउदै युनाइटेड एफसीले उपाधि कब्जा गरेको हो । नेपाली फुटबलमा समेत चिनिएका एकजन तुलाधर, मनीष हाडा, सुरज श्रेष्ठसम्मीलित मेलवर्नको युनाइटेडले प्रतियोगिताको प्रारम्भदेखिनै उत्कृष्ट खेल पस्केको थियो । रातभरको माइक्रोको यात्रापछि सीड्नी आइपुगेको टिमले सिधै प्रतियोगिता खेलेको थियो । राता आँंखा र थकित अनुहारका बावजुद ट्रफी हात पारेर मेलवर्न लानु खुसीको बिषय भएको गोलरक्षक मनिष हाडाले बताए । लाकेम्बास्थीत इन्डोर हलमा आयोजित प्रतियोगिताको सेमिफाइनलमा युनाइटेडले आयोजक दी राइजिङ गोर्खाजलाई र माछापुच्छ्रेले सेन्ट जोर्जलाई हराउदै फाइनल यात्रा तय गरेका थिए । प्रतियोगिताको फाइनलमा उत्कृष्ट खेल खेलेवापत सुजन थापाले म्यान अफ दी फाइनलको उपाधि हात पारे । यस्तै प्रतियोगिताकै उत्कउष्ट खेलाडीको उपाधि युनाइटेड एफसीका सुरज श्रेष्ठ घोषित भए । 14522489_1358279410856753_1825288375_o लामो समय अस्ट्रेलियामा रही नेपाली फुटबलमा लागि परेका रेवती राइको संझनामा प्रतियोगिता आयोजना भैरहेको कुरा आयोजक राइजीङ गोर्खाजका अध्यक्ष ज्ञानेन्द्र सिटौलाले बताए । विजेताले पाँंस सय डलर र रनिङ ट्रफी तथा उप विजेताले तिन सय डलर हात पारेका छन । सातौ संस्करणमा सम्म आइपुग्दा यसको उपाधि विजेताले अर्को बर्ष यस प्रतियोगिताको आयोजना गर्ने जिम्मेबारी पाउने गर्दछ । प्रतियोगिताको भेट्रानतर्फ भने माछापुच्छ्रेले फाइनलमा युनाइटेड एफसी मेलवर्नलाइ हराउदै पहिलो स्थान हात पारेको थियो । लालीगुरासवाट फुटबल खेल्ने रेवती राइको सन २००८मा निधन भएको थियो । उनैको संझनामा सीडनीका फुटबलप्रेमी मनोज लामा र अरुण तामाङले प्रतियोगिता सुरु गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सहारा मेलबर्न गठन

सहारा मेलबर्न गठन

बेसहाराहरूको सहारा बनेर पोखराबाट खेलुकदमा चम्किएको सहाराले आफ्नै एकेडेमी चलाउनुका साथै मोफसलको ठूलो फुटबल प्रतियोगिता आहा रारा गोल्ड कपलगायत विविध सामाजिक काम गर्दै आएको छ ।
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।