नेभिगेशन
कला/शैली

सिड्नीमा मनोज गजुरेल र इन्दिरा जोशीको दशैं साँझ– २०१६ हुदैं

सिड्नी । अस्ट्रेलिया भ्रमणमा रहेका मनोज गजुरेल र इन्दिरा जोसीले नेपालीहरुको महान पर्व दशैंको अवसर पारेर यहि २ अक्टोबर आइतवार का दिन सिड्नीबासीलाई आफ्नो प्रस्तुती दिने भएका छन् । गैर राजनीतिक संस्था ब्रिज द ग्याप नेपालको आयोजनामा नेपालको शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने हेतुले उक्त कार्यक्रम राखिएको सो संस्थाका अध्यक्ष शिब श्रेष्ठले जानकारी दिए । कार्यक्रमको वारेमा जानकारी दिन आयोजना गरिएको प्रेस मिट कार्यक्रममा हास्य कलाकार मनोजले अबको १० वर्षपछि नेपाली कलाजगतले नयाँ मोड लिने बताए । उनले थपे– अबका नयाँ पुस्तालाई नौलो खोजको तयारीमा रहनुपर्नेछ, होइन भने हास्यकलाकारले निकास लिनुपर्ने समय आउनेछ । नेपालवाट बिदेशीएका पहिलो पुस्ताको लागि हाम्रो खुराक प्रयाप्त होला तर यहाँ जन्मेका र हुर्केका लागि भने केहि नयाँ र नौलो पस्कन सकेन भने पलायनको वाटो लाग्ने पक्का भएको उनले बताए । यस पटक गजुरेलले प्रधानमन्त्रीको भारत भ्रमणसँग जोडिएका हास्यरसका पोकाहरुे फुकाउने तयारीमा रहेको बताए । उनले भने– उनी त केवल प्रतिनिधि पात्र मात्र हुन्, राजनीतिक विसंगति, अनि तपाई हाम्रा कमजोरीहरु समेत प्रहसनमा प्रस्तुत गरिनेछ । करिब ७ वर्ष अगाडि स्थापना भएको उक्त संस्थाले नेपालको लमजुङ जिल्लामा अवस्थित शारदा माध्यामिक बिद्यालयको पुननिमार्णका लागि यो दशै साँझ नाम राखेर च्यारिटी कार्यक्रमको आयोजना गर्न लागेको हो । यसअघि मेलवर्नमा समेत कार्यक्रम भव्य रुपमा सम्पन्न भैसकेको छ भने शुक्रवार सेप्टेम्बर ३० तारिखका दिन ब्रिसवेनमा कार्यक्रमको आयोजना गरिदैछ । screen-shot-2016-09-30-at-9-30-02-am कार्यक्रममा गजुरेलसँंगै चर्चित मोडल तथा गायिका इन्दिरा जोशीको पनि विशेष आकर्षक गीत संगित रहनेछ । गायिका इन्दिराले यस पटक केहि राम्रो कार्यको लागि स्टेजमा उत्रन लागेको हुँंदा केहि फरक प्रस्तुती हुने बताइन् । कलाकारलाई राज्यको गहनाको उपमा दिएता पनि कलाकार आफैले आफ्ना हक र अधिकारको लागि आफ्ना कलाकारिकतामा अझ बढी निखार ल्याउन पहल गर्नुपर्ने बताइन् उनले भनिन्– हामी सडक आन्दोलन हैन् दर्शकहरुको माया र ममता खोज्दै हाम्रो अभियानको थालनी गर्न सक्नुपर्छ । कार्यक्रममा ब्रिज दि ग्याप नेपालका सल्लाहकार कृष्ण श्रेष्ठले संस्था फरक र अलग पहिचानवाट अगाडि बढेको बताए । श्रेष्ठले भने मुलुकको शिक्षा क्षेत्रमा रही आएको खाल्डो पुर्ने हाम्रो सानो प्रयास हो । कार्यक्रममा नेपालका केही जिल्लामा शुरु गरिएता पनि पछि भविष्य यसको कार्य क्षेत्र नेपाल भरि नै विस्तार गर्ने सोच रहेको बताए । उनले भने– स्थानियवासीसँगको सहकार्यमा जहाँ आवश्यकता बढी छ त्यहाँ त्यहाँ काम गर्दैछौं । हाम्रो कार्यक्षेत्र कुनै निश्चित जिल्ला मात्र नभएर जहाँ शिक्षालागि विद्यालयको छानो छैन् त्यहाँ हाम्रो पहिलो प्राथमिकतामा पर्ने बताए । संस्थाका अध्यक्ष शिव श्रेष्ठले सन २०१७ को मार्च महिना भित्र स्कुल पुननिमार्ण गरी हस्तान्तरण गरिने योजना रहेको बताए । भुकम्पले पूर्ण क्षती भएको सो स्कुलका लागि करिब ४५ हजार अस्ट्रेलियन डलर खर्च हुनृ अनुमान गरिएको छ । स्कुलको पूर्ननिर्माण सम्पन्न भएपछि विद्यालयको उद्घाटन कार्यक्रममा मनोज गजुरेल र इन्दिरा जोशी समेत सहभागी हुने उनीहरुले बताएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्