नेभिगेशन
खेलकुद

सिड्नीमा जी फाइभ माछापुच्छ्रे कप

सिड्नी । माछापुच्छ्रे क्लबले यही आउदो नोभेम्बर महिनामा सीड्नीमा सर्वाधिक धनरासीको जी फाइभ नाइन ए साइड एमएफसी कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सिड्नी अर्वनमा पत्रकार सम्मेलनका आयोजना गर्दै क्लबले ब्यवस्थीत फुटबलको सोचका साथ न्यु साउथवेल्स फुटबल संघको आधिकारीक मैदानका रुपमा रहेको भ्यालेन्टाइन फुटबल पार्कमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । screen-shot-2016-09-26-at-8-37-26-pm क्लबका अध्यक्ष विजेन बटाजुले समाजिक कार्यका साथै फुटबलमा लागेको माछापुच्छ्रे क्लबले यस पटक करिब चार हजार डलर पुरस्कार सहित यस पटक स्तरिय फुटबलको आयोजनागर्न लागेको बताए । दुइ दिने प्रतियोगितामा अस्ट्रेलियाका १६ नेपाली टोलीका सहभागिता रहने बटाजुले बताए । प्रतियोगिताको पहिलो हुने टिमले दुइ हजार डलर दोस्रो हुनेले आठ सय र तेस्रो स्थान प्राप्त गर्नेले चार सय डलर हात पार्ने क्लबका अध्यक्ष बटाजुले जानकारी दिए । बटाजुले फुटबलको आधिकारीक निकायभित्र खेल खेल्दै गर्दा नेपाली फुटबलरहरुले समेत त्यसमावाट फाइदा लिन सक्ने जिकिर गरे । दुइ समुह अर्थात खुल्ला र ३५ बर्ष माथि गरी प्रतियोगिताको बिभाजन गरिएको र ३५ मािथको लागि पनि पुरस्कार रकम राखिएको छ । यस बाहेक प्रतियोगिताका बेस्ट प्लेयर,म्यान अफ दी म्याच,वेस्ट गालेकिपर र सर्वाधिक गोलकर्ताको लागि ट्रफी तथा पुरस्कार रहेको क्लबका महासचिव रोहित थकालीले बताए । प्रतियोगिताको लिग चरणका खेलहरु दश दश मिनेट गरी कुल २० मिनेटको र क्वार्टरफाइनल देखिका नकआउट खेलहरु पन्ध्र पन्ध्र मिनेट गरी तिस मिनेटको हुने महासचिव थकालीले जानकारी दिए । screen-shot-2016-09-26-at-8-37-12-pm कार्यक्रममा अध्यक्ष बटाजुले प्रतियोगितावाट बचेको रकम पोखराको सहारा क्लबलाई प्रदान गरीने बताए । यसअघिपनि क्लबले बिभिन्न च्यारीटी मार्फत समाजिक कार्यमा सहयोग पुरयाउदै आएको क्लबका पुर्व अध्यक्ष निरज श्रेष्ठले बताए । उनले मुलुकमा आएको बिनासकारी भुकम्प र बाढिका बेलामा क्लबले उल्ल्ेखनिय सहयोग गरेको बताए । उनले त्यसबेलामा क्लबले करिब ३० लाख रुपैयाको सहयोग गरेको सुनाए । सीड्नीमा रहेको माछापुच्छ्रे्र क्लबले छोटो समयमा पनि थुप्रै सरानिय कार्य गर्दै आफ्नो लोकप्रीयता कमाउन सफल भएको छ । क्लबले छोटो समयमा पनि सीड्नीको बिभिन्न फुटबल प्रतियोगिताको उपाधि समेत हात पारेर फुटबलमा अलग पहिचान बनाउन सफल भएको छ ।कार्यक्रममा प्रायोजककोतर्फवाट जी फाइभ ग्रुपकातर्mवाट कृतु केसीले फुटबलको लोकप्रीयता र युवावर्गको आकर्षण अनि भाइचाराको सम्वन्धबृद्धीका लागि सहयोग गरेको बताए । ,ग्यालेक्सी एजुकेशन,बिज एजुकेशन,नेपकम, सीडनी एक्सप्रेस, ग्लोब्यान्सी एजुकेशन मिलेर बनेको समुह जी फाइभले प्रतियोगिताका लागि आर्थिक सहयोग गरेको हो । कार्यक्रममा जी फाइभका राजमान थकाली ,एनआरएनका खेलकुद संयोजक नन्द गुरुङ,अस्ट्रेलियन नेप्लीज फुटबल संघका अध्यक्ष राजु मानन्धर लगायतले प्रतियोगिताको सफलताको कामना गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।