नेभिगेशन
खेलकुद

नवाज कप–२०१६ फाइनल खेल आइतवार हुने समापनपछि “सुनाकली” प्रर्दशन गरिने

सिड्नी । नेप्लीज अष्टे«लियन वेलफेयर सोसाइटी(नवाज) ले सन् २०१६ को सिड्नी मेट्रो कलेज नवाज कप फुटबल प्रतियोगिताको फाइनल खेल यहि आइतवार सेप्टेम्बर १८ तारिख आइतवारका दिन लिडकम स्थित वाइड पार्कमा गर्ने भएको छ । करिब ४ महिनादेखि निरन्तर प्रत्येक आइतवार संचालन हँुदै आएको फुटबल खेलको समापनको तयारी यसपटक नवाजले पृथक किसिमले गर्ने जनाउको छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष गीतसंगीतबाट पनि दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिने छ । नवाजका अध्यक्ष बिनोद शर्माका अनुसार उक्त दिन विहान ९ बजेदेखि ३५ वर्ष उमेर समुहको खेल प्रारम्भ हुनेछ । उक्त समुहमा माछापुच्छ«े फुटबल क्लब र सेन्ट जर्ज नेप्लीज क्लब भिड्ने भएका छन् । भने विहान ११ बजे तेस्रो स्थानका लागि सेन्ट जर्ज फेन्ड्स फुटबल क्बल र माछापुच्छ्रे क्बल बिच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै सोही दिन १ः३० बजे फाइनल खेलका लागि दी राइजिङ गोर्खा र ग्य्रान्भिल राइनोज् फुटबल क्लब मैदानमा उत्रिने भएका छन् । उक्त फाइनल खेलमा बालवालिकाहरुको लागि समेत जम्पिङ क्यास्टल, किडस् पेलान्टी सुटआउटका खेलहरु समेत समावेस गरिने छ । साथै उपस्थित दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गर्न म्युजिकल चियर लगायतका कार्यक्रमहरु समेत राखिएको अध्यक्ष शर्माले नेपाल न्युज अस्ट्रेलियालाई बताए । नवाजका स्पोर्ट कोर्डिनेटर प्रकाश पन्थीका अनुसार विजेता टिमलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ । जसमा प्रथम हुने टीमले पुरस्कार वापत सिल्ड, र प्रमाणपत्र सहित १२०० डलर, दोस्रो स्थान ल्याउने टीमलाई ६०० र तेस्रो स्थान ल्याउने टीमलाई ३५० डलर पाउनेछन् । फुटबलको मज्जा लिदै नेपाली फुटबल पारखीहरुले नेपाली खानाका विभिन्न परिकारको समेत स्वाद लिन पाउनेछन् । उक्त खेल परिसरमा विहानैदेखि फ्रि कफिको समेत व्यवस्था गरिएको छ । उक्त फाइनल खेलमा खेलाडीहरुको मनोबल बढाउन तथा रोमाञ्चक खेलको भरपूर्ण आनन्द लिन सवैलाई उपस्थितीको लागि समेत नवाजका अध्यक्ष शर्माले नेपाली समुदायलाई आग्रह गरेका छन् । करिब ४ महिना अगाडिदेखि संचालित नवाज फुटबल खेलमा १९ टिमको सहभागिता रहेको थियो । खेलको समापनपछि फुटबलमा आधारित पत्रकार भोजराज भाटद्धारा निर्देशित डकुमेन्ट्री “सुनाकली” समेत प्रर्दशन गरिने भएको छ । सन् १९९९ मा गैर–नाफामुलक संस्थाको रुपमा स्थापित नवाजले प्रत्येक वर्ष नेपाली दाजुभाइबीच भाइचारा तथा आपसी सम्बन्ध विस्तारका लागि फूटबलको आयोजना गर्दै आएको छ । यस नवाज कपको म्याच डाइरेक्टरमा राजु मानन्धर रहेका छन् । प्रवासमा फुटबलको माध्यमबाट आपसी सम्बन्ध विस्तारमा नवाजले खेलेको भूमिकाको म्याच डाइरेक्टर मानन्धरले प्रंसशा गर्दै फुटबल खेलले शरिरलाई स्फुर्ति राख्दैं अनुशासित बन्न सिकाउने बताए । यस वारेमा थप जानकारी चाहिएमा वेलफेयरका अध्यक्ष बिनोद शर्मालाई ०४०२०५८२४३ वा स्पोर्ट कोर्डिनेटर प्रकाश पन्थी ०४०१५८९९५२, डेपुटी स्पोर्ट कोर्डिनेटर सन्तोष शर्मालाई ०४१०७४८३२४ मा सम्पर्क गर्न सकिनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।