नेभिगेशन
नेपाल समाचार

फोटोग्राफर सुधिराको ‘फार एण्ड अवे’ तस्वीर पुस्तक सार्वजनिक

सिड्नी । फोटो पत्रकार सुधिरा शाहको निकै प्रतिक्षारत गरिएको अस्ट्रेलियामा छरिएर रहेका नेपालीहरुको तस्वीर पुस्तक ‘फार एण्ड अवे’ सार्वजनिक भएको छ । ११ सेप्टेम्बर आइतवारका दिन पारामाटास्थित टाउनहलमा आयोजित विशेष कार्यक्रममा पुस्तकको लेबरकी केन्द्रीय संसद एवम् छायाँ आप्रवास सम्बन्धी मन्त्री मिसेल रोल्याण्ड र गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष डा. शेष घलेले संयुक्त रुपमा सार्वजनिक गरे । अस्ट्रेलियाका आठ राज्यमा बसोवास गर्ने करिब चार सय ६६ परिवारलाई उक्त तस्बिर किताबमा समेटिएको छ । पुस्तकमा हरेक परिवारहरुको छोटो जीवनी पत्रकार तथा लेखक योगेन्द्र विष्टका सुन्दर शब्दहरुले कोरिएका छन् । 14257475_1160497047329635_1523696434167962901_o कार्यक्रममा बोल्दै अस्ट्रेलियन केन्द्रीय सांसद एवम् छायाँ आप्रवास सम्बन्धी मन्त्री मिसेल रोल्याण्डले पछिल्लो समयमा छोटो अवधिमा जनसंख्यामा बढोत्तरी हुने समुदाय वर्ग भित्र नेपाली परेका उल्लेख गर्दै उक्त पुस्तकले नेपालीहरुको पहिचान र संस्कृतिमा समेत टेवा पुग्ने बताइन् । त्यस्तै गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घलेले तस्वीर पुस्तक प्रकाशन टीमलाई बधाई र धन्यवाद दिए । कार्यक्रममा पारामाटा क्षेत्रकी केन्द्रीय सांसद जुली ओवन्स, न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदूत दिपक खड्काले पुस्तकका वारेमा आ– आफ्ना विचारहरु राखेका थिए । उनीहरूले नेपाली समुदायको प्रवास यात्रा र यहाँका नेपालीका उपलब्धिहरुलाई पुस्तकले लिपीबद्ध गरेकोमा सुधिरालाई धन्यबाद समेत दिए । दीपक विष्टको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा मेलवर्नका डा. राजु अधिकारीले अतिथि वक्ताको रुपमा तस्वीर किताबको विशेषताको बारेमा थप प्रकाश पारेका थिए । पुस्तक करिब ४ सय ९६ रंगीन पेज प्रकाशित पुस्तक हार्ड कभरमा प्रकाशित छ । भने पुस्तकको वजन करिब ३ किलो रहेको छ । फोटोग्राफर सुधिरा शाह, लेखक योगेन्द्र विष्ट परियोजना ब्यवस्थापक विजय प्रधानले करिब तीन वर्षसम्म तस्वीर किताब परियोजनामा काम गर्दाको अनुभवहरु सुनाएका थिए । कार्यक्रममा पुस्तक तयार पार्दा भोगेका कठिनाई र भ्रमण सम्बन्धि एक सानो डकुमन्ट्री झलक पनि प्रस्तुत गरिएको थियो । लेखक विष्टले कार्यक्रममा पुस्तकमा करिब ८५ हजार शब्दहरु समावेश गरिएको तथा लेखन कार्य पुरा गर्न झण्डैं १८ महिना लागेको अनुभव सुनाएका थिए । 14311302_1160496663996340_9193383890483355583_o सन २०१३ मा एडिलेडबाट सुरु गरेको यो अभियानले पूर्णता पाउँदा पुस्तक सार्वजनिक कार्यक्रममा सुधिराका आँखाभरी खुसीका आँसु भल्किएको थियो । आफ्ना अनुभवहरु सुनाउने क्रममा भक्कानिएर शाहको वोली समेत अबरुद्ध भएको थियो । पछि उनले आफुलाई समाल्दै पुस्तक प्रकाशनमा सहयोग पु¥याउनेलाई हृदयदेखिनै धन्यवाद दिइन् । कार्यक्रममा व्यवस्थापकको तर्फबाट विजय प्रधानले आफ्ना मन्तव्य राख्दै पुस्तक प्रकाशनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सबै धन्यवादका पात्र रहेको बताए । कार्यक्रममा पत्रकार पल्लवी सिन्हाले आफ्ना विचार राखेकी थिइन् । नेपाली समुदायका अग्रजहरुको उल्लेख्य उपस्थिती रहेको कार्यक्रममा कार्यक्रमको सचालन नारी निकुञ्जकी सचिव प्रतिज्ञा अधिकारीले गरेकी थिइन् । फोटो पत्रकार सुधिरा शाहको यो पुस्तक आप्रवासी नेपालीहरुको जीवनसँग सम्बन्धित सम्भवत पहिलो हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्