नेभिगेशन
नेपाल समाचार

फोटोग्राफर सुधिरा शाहको तस्वीर पुस्तक “फार एण्ड अवे" नेप्लीज फ्यामीलीज ईन अष्ट्रेलिया निस्कदै

सिड्नी । फोटोग्राफर सुधिरा शाहको अत्यन्त महत्वाकांक्षी तस्वीर पुस्तक प्रोजेक्ट “फार एण्ड अवे – नेपलीज फ्यामीलीज ईन अष्ट्रेलिया" को रुपमा आगामी सेप्टेम्बरको ११ मा सिड्नीमा औपचारीक रुपमा उपलब्ध हुने भएको छ । उक्त जानकारी अगस्त १२ तारिख (शुक्रबार) प्रेशमिट कार्यक्रममा फोटोग्राफर शाहले दिएकी हुन् । सेप्टेम्बर ११ तारिख आइतवारका दिन दिउँसो २ः३० बजे पारामाटा स्थित १८२ चर्च स्ट्रीट टाउनहलमा एक कार्यक्रमका बीच उक्त पुस्तकको सार्वजनिक गरिने भएको छ । यस तस्वीर पुस्तक प्रकाशनका लागि अनुमानित खर्च झण्डैं ३ लाख ५२ हजार अस्ट्रेलियन डलर लागेको कुरा प्रेस मीटमा एकाउन्टेन्ट डिला खरेलले जानकारी दिए । पुस्तक प्रेमीहरुले प्रिअर्डर गरेर पुस्तक बुक गर्न सकिनेछ । पुस्तकको मुल्य १९५ डलर तोकिएको छ । भने पुस्तकमा सहभागीहरुलाई सार्वजनिक गरिएको दिन उक्त पुस्तकमा ३० डलर छुट पाउँनेछन् । यस बर्षको NSW AIPP डकुमेन्ट्री फोटोग्राफर अफ द यीयर २०१६ फाइनलीस्टको उपाधी जित्न सफल भएकी शाह विगत डेढ दशक वर्ष देखि फोटोग्राफीमा संलग्न छीन् । नेपाल, बेलायत र अष्ट्रेलियामा काम गरेको धेरैवर्ष पछि “कुनै नौलो काम गर्ने प्रेरणाले“ यस पुस्तकको शुरुवात भएको लागेको जानकारी उनले दिइन् । सयौं नेपालीहरुलाई एउटै सचित्र पुस्तकमा समाबेश गर्ने उदेश्यले थालिएको यो पुस्तकका फोटोग्राफीको थालनी सन् २०१३ मा एडेलेडबाट शुरु भएको थियो । शुरुमा ४ सय अष्ट्रेलियामा बसाई सरेका नेपाली परिवारहरुलाई समेट्ने योजनामा रहेको भएतापनि अन्तीम चरणमा आईपुग्दा करीब ४ सय ६६ परिवार समेटीएको छ । शाह र उनको टिमद्धारा अष्ट्रेलियाको आठै वटा राज्यहरु करीब १ वर्ष भ्रमण गरेर परिवारहरुको तस्वीर र अन्य जानकारी संकलन गरिएको थियो । जसमा एन एस डब्ल्यु राज्यबाट १७०, क्वीन्सल्याण्डबाट ४६, नर्दन टेरटोरीबाट ४९, पश्चिम अष्ट्रेलियाबाट ६४, दक्षीण अष्ट्रेलियाबाट ३१, भीक्टोरीयाबाट ७८, अष्ट्रेलियन क्यापीटल टेरिटेरीबाट १९ र तास्मानीयाबाट ९ जना परिवारहरुले भाग लिएका थिए । Screen Shot 2016-08-13 at 5.43.07 PM पुस्तक करीब ४९६ रंगीन पेज रहेको पुस्तक हार्ड कभरमाको रुपमा सिमीत संस्करणमा प्रकाशित हुनेछ । उक्त पुस्तक अष्ट्रेलियाको नेपाली समुदायको ऐतीहासिक पुस्तकको रुपमा आउने बिश्वास नेपाली समुदायको छ । बहुसांकृतीक अष्ट्रेलियाली समुदायमा नेपाली समुदायको योगदानको सर्हाना गर्दै अष्ट्रेलियाली आप्रवास मन्त्री पीटर डट्नले यो पुस्तकलाई बधाई दिएका छन् । त्यस्तैगरी संचार छायामन्त्री मिशेल रोल्याडले “पुस्तक प्रकाशनले नेपाली समुदायलाई बुझ्न सहयोग गर्ने आउदो पुस्ताका प्रवासीहरुलाई उदाहरणीय रहने“ बताए । गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नेपाली डायस्पोरा समुदायको वास्तविक जीवनसंग सम्बन्धीत यस पुस्तकले नेपालीहरुको इतिहासको जर्गेना गर्नेमा बिश्वस्त रहेको बताएका छ । पुस्तकको महत्वलाई ध्यानमा राखी “फार एण्ड अवे”लाई भरिसक्ये सबै नेपाली समुदायहरु, पुस्तकालयहरु, प्रवासी सम्बन्धी संस्थाहरु, नेपाली व्यवसायहरुमा पुर्याउने जानकारी प्रोजेक्टका सदस्य डिला खरेलले दिए । सन् १९९९ देखि नेपालमा कान्तिपुर पब्लिकेशन्सबाट फोटोग्राफीलाई आफ्नो प्रोफेसन बनाएकी शाहले छोटो समयमा नै फोटो पत्रकारिताजगतमा आफ्नो स्थान बनाउन सफल भइसकेकि थिइन् । एक सानी बालीकाले कठिन ताकासाथ रोपवे बाट त्रिशुली नदी तर्दे स्कुल गइरहेको उनको तस्वीरले सन् २००२ मा राष्टिय फोटो प्रतियोगितामा दोस्रो उत्कष्त तस्वीरको उपाधि जितेको थियो र उनका तस्वीरहरुले अहिले सम्ममा चीन, मलेसिया, बेलायत र अष्टेलियामा थुप्रै उपाधिहरु जित्न सफल भइसकेको छन् । सन् २००४ मा बेलायतको युनिर्भसिटी अफ वेस्टमिनीस्टरबाट फोटोपत्रकारितामा स्नाकोत्तर गरेकि शाहले अस्टे्रलियामा विगत ६ वर्ष देखि आफ्नै स्टुडियोमा धेरै समय र्सिजनात्मक फोटोग्राफीमा बिताउने गरेकि छिन् । जीवनशैलीमा आधारित आफ्ना जीवन्त तस्वीरहरुलाई पारखी सामु पुर्याउन खप्पीस शाहको सिर्जनालाई त्यहाका मानिसहरुले असाध्यै मन पराउछन् । उनका तस्वीरहरु संसारकै उत्कष्ट संग्राहलयस्तर कागजहरुमा छापीन्छन् । अत्यन्तै जीवन्त तस्वीरहरुले भरीएको उक्त पुस्तकले अष्ट्रेलियामा नेपाली समुदायले रचनात्मक क्षेत्रमा पनि आफ्नो उपस्थिती बनाउनेछ भन्नेमा कुनै दुई मत नहोला । तस्वीरमा आउदा परिवारहरुलाई आ–आफ्नो मनपर्ने पहिरन तथा आफ्नो कथा बताउने सामानहरु ल्याउन अभिप्रेरित गरिएको जानकारी दिइएको छ । त्यसैगरीे परिवारहरु आफ्नो बिशेष तस्वीरका साथ साथै हरेक परिवारहरुको छोटो जीवनी पनि रहेको छ, जसलाई योगेन्द्र विष्टले लेखेका छन् । प्रवास बसाईका क्रममा भोगेका कयौं दुखसुखलाई आत्मसात गरी सफल जीवन बिताउने क्रममा रहेको नेपालीहरुको कथा पक्कै पनि प्रेरणादायी हुनेछन् भनेर विष्ट आशावादी छन् । बिष्ट नेपालमा प्राध्यापन सहित उनको संलग्नता बिभिन्न खोजमुलक अनुसन्धानमा थियो । यस पत्रिकाका संस्थापक समेत रहेर एसोसियट एडीटरको रुपमा कार्यरत बिष्टले सन् १९९९ मा कान्तिपुर पत्राकारिता अर्वाड पाउन सफल भएका थिए । बिष्ट जर्नालिजम, कानुनका साथ साथै अष्ट्रेलियामा मक्वारि र सेन्ट्रल क्यून्सल्याण्ड विश्व विद्यालयबाट क्रमश निती तथा सामाजिक अनुसन्धानमा र लेखाशास्त्रमा स्नाकोत्तर गरिसकेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्